• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

जनताको चाहनाको समृद्ध मध्यनेपाल निर्माण गर्छु : पाण्डे


 
स्थानीय तहको निर्वाचनबाट लमजुङको मध्यनेपाल नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मध्यनेपाल नगरपालिकाको मेयरमा निर्वाचित रमेश कुमार पाण्डेले सपथ ग्रहण पश्चात बोल्दै जनताको चाहना समृद्ध मध्यनेपाल रहेको भन्दै यहाँको स्रोत र सम्पदालाई प्रवद्र्धन गरी यस ठाउँको विकास गर्नु आफनो पहिलो दायित्व रहेको बताउनुभयो । 
यहाँका युवाहरुलाई विदेशपलायनबाट रोक्ने र यही नै रोजगारी वा व्यवसायीकरण गर्ने आफनो योजना रहेको कुरा खुलाउनुभयो ।  उहाँले कृषि, पर्यटन, उद्योग र अन्य सम्भाव्यबताहरुको पहिचान गरी विकासमा कायापलट गर्ने विषय आफनो प्राथमिकतामा पर्ने समेत उदघोष गर्नुभयो । 
आफु धेरै बोल्न भन्दा काम गरेर देखाउने चाहने भन्दै नगरपालिकामा रहेका अनगिन्ती सम्भावनलाई उजागार गरी नमूना नगरपालिका बनाउने प्रण समेत गर्नुभयो ।
उपमेयर पदमा निर्वाचित राजकुमार श्रेष्ठले सपथ ग्रहण पश्चात बोल्दै समृद्ध मध्यनेपाल नगरको विकासका लागी योजना बनाएर समन्वयका साथ अघि बढ्ने बताउनुभएको थियो ।  
सो अवसरमा नगरपालिकाको प्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको थियो । 
कार्यक्रममा बोल्दै सांसद दिल बहादुर घर्तीले सबै जनताको साझा प्रतिनिधिको रुपमा काम गर्न निर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । आफनो ठाउँलाई आफनै योजनाका आधारमा समृद्ध बनाउने जिम्मेवारी आफनै काँधमा आएको भन्दै उहाँले यस अबसरको सदुपयोग गरी अघि बढ्न सुझाव समेत व्यत्त गर्नुभयो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल