• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

नेप्फ्युन लमजुड फिल्ड कार्यलयद्धारा ३ दिने बचत तथा ऋण ब्यवस्थापन तालिम प्रदान ||


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ फिल्ड कार्यलय लमजुडको आयोजनामा बेशीसहरमा ३ दिने बचत तथा ऋण ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । 
तालिममा कार्यलयका तालिम अधिृकत नबकुमार अधिकारीले बचत तथा ब्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा जिल्ला स्थित ३३ वटा सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरु गरी ३३ जनाको सहभागिता रहेको थियो । 
तालिमको उद्घाटन नेप्फ्युन लमजुड फिल्ड उपसमितीका संयोजक चण्डीप्रसाद शर्मापौडेलले गर्नुभएको थियो भने तालिमको समापन जिल्ला बचत संघका अध्यक्ष दुर्गाभत्त धमालाले गर्नुभएको थियो । 
हिजोको समापन कार्यक्रममा सहभागिको तर्फबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका गमबहादुर घले, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले मन्तब्य ब्यक्त गर्नुभएको नेप्फ्युनका लमजुड इन्चार्ज राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल