• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

राईनासटार सिंचाई योजना पूर्णरुपमा मर्मत गरिदै


 
निरज अधिकारी
२० असार, लमजुङ ।
जिल्लाको पूर्वी लमजुङ स्थित राईनासटार सिंचाई योजना पुर्ण रुपमा मर्मत थालिएको छ । विगत दस बर्षदेखी अलपत्र रहेको यस योजना मर्मत नहुँदा त्यस क्षेत्रका स्थानिय कृषकले निकै सास्ती खेप्दै आएका थिए । 
यस सिंचाई योजना मर्मतका लागी सिंचाई विभागसँग के.आर. फन्ट जापानीज एमविसीबाट ३ करोड ५० लाख सहयोग सम्झौता भएपछि मर्मत कार्य अघि बढेको हो । चार ओटा प्याकेज मार्फत योजना मर्मत कार्य अघि बढाइएको सिंचाई डिभिजन कार्यालय लमजुङका इन्जिनियर आशिस विकले बताए । उनले भने, ‘यस सिंचाई योजना मर्मतको अभावमा पानी चुहिने समस्या थियो,’ अब पूर्ण रुपले मर्मत भएसँगै त्यस क्षेत्रको ८ सय ५० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्छ, जसबाट ३२ सय घरधुरीका १२ हजार ८ सय नागरिक लाभाम्वित हुनेछन् ।’
चार प्याकेज अन्तर्गत प्याकेज नं. १ मा मालिका कन्ट्रक्सन प्राली सुन्दरबजारले मर्मत कार्य गरेको छ, भने बाँकी तीन प्याकेजमा सीता विश्वरुप रोयल जेवी पोखराले मर्मत कार्य गरिरहेको छ । गत फागुनमा टेण्डर आव्हान गरिएको र चैतमा सम्झौता भएसँगै मर्मत कार्य अघि बढाएको कार्यालयका डिभिजन प्रमुख बंशीहरी कोईरालाले बताए । उनका अनुसार १९ किलोमिटर लामो यस सिंचाई योजना मर्मत असार समान्त भित्र सक्ने गरी सम्झौता भएको छ ।
यस सिँचाई योजना नचल्दा त्यस क्षेत्रका किसान ठूलो मर्कामा परेका छन् । बर्खामा केहि मात्रामा पानी चलेपनि अरुबेला भने योजना ठप्प रहदा बर्खेखेती बाहेकका खेती हुन नसकेको किसानहरु बताउँछन् । 
यो सँगै जिल्लाका मझौला सिंचाई योजना चामे खोला घेर्मु, उर्गी सिंचाई योजना घनपोखरा, भोर्लेटार सिंचाई योजना, करापुटार सिंचाई योजना, रामचोक सिंचाई योजना चिति र पाङ्ग्रे सिंचाई योजना तार्कुघाटको निर्माणकार्य अघि बढेको कार्यालयले जनाएको छ । रम्घाटार सिंचाई योजनाको भने टेण्डर प्रक्रिया अगाडी बढेको डिभिजन प्रमुख कोईरालाले जानकारी दिए । उनका अनुसार जिल्लाका अधिकांश सिंचाई योजना बजेट अभावमा अलपत्र अवस्थामा छन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल