• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

तीन सय डकर्मीले पाए सुरक्षित आवास निर्माण तालिम


 
निरज अधिकारी
२० असार, लमजुङ ।
यहाँका तीन सय डकर्मीलाई सुरक्षित आवास निर्माण तालिम प्रदान गरिएको छ । गरिवी निवारण कोषको सहयोगमा जिल्लाका २४ वडाका तीन सय जना डकर्मीलाई भूकम्प प्रतिरोधी सुरक्षित आवास निर्माण तालिम प्रदान गरिएको हो । 
जिल्लामा रहेका ५ स्थानीय साझेदरी संस्था जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति (कोपाडेस), चेस नेपाल, महिला आपसी सहयोग केन्द्र, लमजुङ सीप विकास प्रतिष्ठान र मस्र्याङदी कल्याणकारी सहकारी संस्थासँगको सहकार्यमा गरिवी निर्वारण कोषले १२ चरणमा तालिम सञ्चालन गरेको कोषका कार्य प्रबन्धक बुद्धि राज लिम्बुले बताए । उनका अनुसार कोषले तालिम पश्चात सहभागीहरुलाई सेप्टी सामाग्री (चस्मा, हेलमेट, व्याग, बुट, पन्जा, ज्याकेट), आवश्यक औजार (टेप, हम्मर, ह्याक्सा प्लेट) लगाएतका सामाग्री समेत निःशुल्क प्रदान गरेको छ । 
१२ चरणमा तालिम सञ्चालनमा ६५ लाख २६ हजार ३ सय ६१ रुपैँया खर्च भएको लिम्बुले जानकारी दिए । विगत २ बर्षदेखी स्थानीय साँझेदारी संस्थाहरुसँग समन्वय गरेर लमजुङमा कोषले काम गर्दै आएको छ । 
कोषका कार्यकारी निर्देशक नहकुल केसीले राष्ट्रिय पुननिर्माण प्राधिकरण संग समन्वय गरेर भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ४५ सय जनालाई भूकम्प प्रतिरोध आवस निर्माण सम्बन्धी तालिम उपलब्ध गराएको जानकारी दिए । 
यो सँगै कोषले भूकम्प पश्चात भूकम्पको पूर्व सुचना सम्बन्धमा मोवाइल सप्ट्वयर सम्बन्धी तालिम समेत उपलब्ध गराएको निर्देशक केसीले बताए । संस्थाले विपन्न, एकल महिला र भूकम्प प्रभावित घाईतेलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको छ । 
क्याप्सन  : लमजुङ सीप विकास प्रतिष्ठानमा भएको भूकम्प प्रतिरोधी आवास निर्माण सम्बन्धी तालिम पश्चात सामुहिक तस्बिर खिचाउँदै सहभागीहरु । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल