• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

भूकम्प पिडितलाई कोपाडेसको ‘सुरक्षित घर’


 
निरज अधिकारी
२० असार, लमजुङ ।
भूकम्प पश्चात घरबार बिहिन बनेका यहाँको पूर्वी क्षेत्रका भूकम्प पिडिले नयाँ घर पाएका छन् । भूकम्पको केन्द्रविन्दु गोरखाको वारपर्क नजिकै रहेको यहाँको दुधपोखरी गाउँपालिकाको दुधपोखरी, इलामपोखरी, कोल्की र विचौरका पिडितहरुलाई मध्यनजर गरी कोपाडेसले घर निर्माण गरेको हो । भौतिक रुपमा बढी मात्रामा क्षति पुगेको त्यस क्षेत्रमा भूकम्प पुर्नलाभ परियोजना लागु भएसँगै कोपाडेसले २ सय घर निर्माण कार्य अघि बढाएको कोपाडेसका कार्यक्रम संयोजक विजय गुरुङले बताए । उनका अनुसार लुथरन वल्र्ड रिलिफ र  ईएलसीए अमेरीकाको सहयोगमा कोपाडेसले घर निर्माण गरेको हो । 
जसअन्तर्गत कोपाडेसले दुधपोखरीमा निर्माण गरेको ३ कोठे ४ वटा र २ कोठे ४ वटा भुकम्प प्रतिरोधात्मक घर भने शुरुवाती रुपमा पीडितलाई हस्तातरण गरेको छ । एक घर बराबर २ लाख रुपैँया खर्च भएको कोपाडेसका अध्यक्ष डिकेन्द्रराज कंडेलले बताए । 
हालसम्म २ कोठे ५३ वटा घर सम्पन्न भईसकेको छ । अरु घर मंसीरसम्म निर्माण सम्पन्न हुने अध्यक्ष कडेँलले दावी गरे । उनले भने, ‘पीडितलाई नयाँ घरसँगै जिविकोपार्जनका लागि मौरी, अलैचीका विरुवा, तरकारी खेतीका लागि पनि सहयोग योजना छ ।’
निर्माण सम्पन्न घरहरुको अवलोकन पश्चात त्यसै क्षेत्रबाट निर्वाचित सांसद जमिन्द्रमान घलेले सरकारले अहिले पीडितहरुसँग अनुदान सम्झौता सम्पन्न गर्न नसक्दा गैरसरकारी संस्थाहरुले चाँंडैनै काम सकाउनु राम्रो पक्ष रहेको बताए । उनले सरकारको प्रतिनिधि फिल्डमा नखटिदा समस्या आएको धारणा राखे । 
बर्खाकै मुखमा नयाँ घर पाएपछि पिडितहरु निकै खुसी छन् । दुधपोखरी गाउँपालिका १, गैरीगाउँकी देऊमायाँ गुरुङले भनीन, ‘घर नबन्दा निकै समस्या झेल्नुपर्यो, छाप्रोमै बास थियो, बर्षायाममा नयाँ घरमा बस्न पाउँदा धैरै खुसी छु । सुरक्षित घर पाएपछि त्यस क्षेत्रका पिडित दंङ्ग छन् । 
कोपाडेसले त्यस क्षेत्रका स्थानीयहरुको चेतनास्तर बृद्धि गराउन विभिन्न तालिम, लघुजलबिद्युत स्थापना  र जिबिकोपार्जनका लागि काम गर्दै आईरहेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल