• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

परियोजनाले फेरीदै भूकम्प पिडितको जीवनस्तर


 
निरज अधिकारी
३ असार, लमजुङ ।
भूकम्प प्रभावित समुदायको पुर्नस्थापनाका लागी सहयोग नामक परियोजना सञ्चालन भएसँगै यहाँको पूर्वी क्षेत्रका भूकम्प पिडितको जीवनस्तरमा परिवर्तन आएका छ । भूकम्पबाट बढी प्रभावित दुधपोखरी गाउँपालिका वडा नं. ३, ४ र ६ (साविकको गौडा र इलमपोखरी गाविस) मा यस परियोजना सञ्चालन गरिएको हो । 
युरोपियन युनियन मानविकि सहायताको सहयोगमा कोपाडेसले सञ्चालन गरेको उत्त परियोजनाबाट गौडा र इलमपाखरीका १२ सय २४ घरधुरीका ५३ सय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
भूकम्प प्रभावित र जोखीममा रहेका घरधुरी र समुदायलाई सुरक्षा पदान गर्ने र उनीहरुमा  विपदको समना गर्ने क्षमताको बृद्धि गर्ने उद्धेश्य सहित परियोजना लागु गरिएको कोपाडेसका अध्यक्ष डिकेन्द्र कडेँलले बताए । उनका अनुसार यो परियोजना लागु भएसँगै लक्षीत समुदायले विपद प्रतिरोधी वासस्थान निर्माण सम्बन्धी ज्ञान र सीप, लक्षीत घरधुरीमा प्रतिकुल मौषमबाट हुन सक्ने प्रभावमा कमी र समुदायमा सुरक्षित खानेपानी, सरसफाई र स्वच्छताको पूर्वाधारको पहुँच पुगेको छ । 
परियोजना अन्तर्गत इलमपोखरी र गौडाका ८५ जनालाई विपद प्रतिरोधी प्रविधि सम्बन्धी डकर्मी, सिकर्मी र प्लम्विङ तालिम प्रदान गरिएको कोपाडेसका कार्यक्रम संयोजक विजय गुरुङले बताए । उनले भने, ‘तालिम पश्चात भूकम्प प्रतिरोधी आवास निर्माणमा सहयोग त पुगेकै छ, साथै आफनै ठाउँमा तालिमप्राप्त दक्ष जनशत्ति उत्पादन भएसँगै रोजगारीको अवसरहरु समेत मिलेको छ ।’  तालिमप्राप्त व्यत्तिहरुलाई आवश्यक औजार सहितका सामाग्रीसमेत प्रदान गरिएको गुरुङले जानकारी दिए । 
परियोजना लागु भएको क्षेत्रका लक्षीत घरधुरीको आवश्यकता पहिचान गरी ६ सय ३३ घरधुरीको वासस्थानको अवस्थामा सुधार गरिएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक घरधुरीलाई सुधारीएको फलामे चुलो, २ वटा म्याट्रिस र एउटा फिल्टर सहयोग गरिएको कोपाडेसले जनाएको छ । वासस्थानको अवस्थामा सुधार गरिएसँगै फोहोर व्यवस्थापन, स्वच्छ खानेपानेको व्यवस्था र धुवाँरहित चुलोको प्रयोगसँगै त्यहाँका नागरिकहरु जीवनयापनमा परिवर्तन आएको वडा नंं.६ का सामाजिक परिचालिका आसमायाँ गुरुङले बताइन् । उनका अनुसार वासस्थान व्यवस्थापनका लागी आवश्यक औजार (हाते आरो, शावेल, गैची, छिनो) लगाएतका औजारहरु समेत सहयोग गरिएको छ । 
संस्थाले भूकम्पले क्षति पुर्याएका घरहरुको भग्नावशेष व्यवस्थापन र पुनप्रयोगका लागी समेत सहयोग गरेको छ । यस क्षेत्रमा रहेका घडेरी खानेपानी आयोजना, काटेस्वारा, सिमल गाउँ, हाउ, भिरकुना, अर्चले जामुना र धरलवेसी खानेपानी आयोजनाको पुन निर्माण र मर्मत गरिएको छ । जसबाट नागरिकहरु स्वच्छ खानेपानीको सहज पहुँचमा रहेका छन् । यस्तै स्थायी चर्पी निर्माणमा समेत पूर्ण सहयोग पुर्याइएको छ । 
सन २०१६ को १ मे देखी लागु भएको यस परियोजना २०१७ को ३१ जुलाईसम्म सञ्चालन भएको थियो । परियोजना सञ्चालन अवधिमा २ करोड ५३ लाख १९ हजार ९३६ रुपैँया समुदायको विकासमा खर्च भएको कोपाडेसका अध्यक्ष कडेँलले जानकारी दिए । 
कोपाडेसले हाल जिल्लाको राईनास नगरपालिका र दुधपोखरी गाउँपालिको पूरै वडा, दोर्दी गाउँपालिकाको ५ वडा, मस्र्याङदी गाउँपालिकाको ५ वडा र क्होलासोँथर गाउँपालिकाको एक वडामा पुननिर्माण र जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 
 
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल