• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

सवारी कारबाहीसँगै दोब्बर राजस्व


 
लमजुङमा ट्राफिक नियम उल्लङघनका घटनाहरु दिन प्रतिदिन बढ्न थालेपछि ट्राफिक चेकजाँचमा कडाई गरिएको छ । ट्राफिक चेकजाँचमा कडाई भएसँगै राजस्व दोब्बर बृद्धि भएको जिल्ला ट्राफिक कार्यालयका हवल्दार भूमीराज घिमिरेले बताए । उनका अनुसार सवारी चेकजाँच बाट मात्रै यो बर्ष झण्डै ५० लाख राजस्व संकलन भएको छ । 
गत आवको तुलनामा यस बर्ष  सवारी चेकजाँच बाट झण्डै दोब्बर राजस्व संकलन गरीएको हो । ट्राफिक नियम उल्लङघन गरेका ६ हजार २ सय सवारी कारबाहीबाट गत आव  २०७२÷७३ मा २५ लाख १७ हजार चार सय रुपैयाँ राजस्व संकलन भएको थियो । आव   २०७३÷७४ को असार १८ गते सम्मको तथ्याङक अनुसार लमजुङमा ७ हजार चार सय १६ सवारी  कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका सवारीबाट यो बर्ष मात्रै ४५ लाख, ६१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक जवान अच्युत विष्टले जानकारी दिए । यसरी हेर्दा गत बर्षको तुलनामा यो बर्ष सवारी कारबाहीबाट झण्डै दोब्बर राजस्व संकलन भएको देखिन्छ ।
यस आवको असार १८ गते सम्मको तथ्याङकमा १ हजार २ सय ३५ ट्रक,  ८ सय ५८  बस, १ हजार ९ सय १६ जिप, कार र भ्यान, ६ सय ७८ ट्याक्टर, र २ हजार ७ सय ३० मोटरसाइकल कार्वाहीमा परेका छन् ।
आव ०७२÷७३ को तुलनमा आव ७३÷७४ मा सवारी दुर्घटनाको संख्यामा पनि कमी आएको छ । गत बर्ष साना ठुला गरी १२ सवारी दुर्घटनामा परेका थिए भने, २३ जनाको मृत्यु भएको थियो । तर यस आव ०७३÷७४ को असार १८ गते सम्मको तथ्याङक अनुसार साना ठुला गरी ५ सवारी दुर्घटनामा परेको र ४  जनाको मृत्यु भएको तथ्याङकले देखाएको छ ।
विगतको तुलनामा यस बर्ष माधक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्यामा पनि कमी आएको छ । गत आवमा मादक पदार्थ सेवन गरी सवारी चलाउने  ३ सय ३३  सवारी कार्बाहीमा परेका थिए भने, यो बर्ष त्यो संख्या ह्वात्तै घटेर ४३ जनामा झरेको छ । गत बर्ष माधक पदार्थ सेवन गरी सवारी चलाउनेहरु बाट मात्रै ३ लाख ३३ हजार राजस्व संकलन भएको थियो । यो बर्ष भने ४३ हजार मापसेबाट राजस्व संकलन भएको बताइएको छ ।
यतिबेला जिल्लामा १ जना ट्राफिक हवल्दार र दुई जना प्रहरी जवानले मात्रै सेवा दिइरहेका छन् । संख्या कम भएपनि ट्राफिक चेकजाँचमा निरन्तरता दिइरहेको ट्राफिक हवल्दार घिमिरे बताउँछन् । ट्राफिक नियम उल्लङघनका घटना बढ्न नदिनका लागि  १० जना म्यादी प्रहरी लाई लिएर नियमीत चेकजाँच भैरहेको छ । ट्राफिक प्रहरी कार्यलय लमजुङले यतिबेला दैनिक दुइ तिन ठाउँमा छड्के चेकजाँच गरीरहेको छ 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल