• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

विद्युत समस्यालाई लिएर इकाइद्धार विद्युत वितरण केन्द्रको ध्यानाकार्षण, १५ दिनभित्र समस्या समाधानको माग


विद्युतको समस्यालाई लिएर लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाइले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रको ध्यानाकार्षण गराएको छ । इकाईले एक विज्ञप्ती मार्फत दैनिक दर्जनौ पटक विद्युत ट्रिपिङका कारण उद्यमी व्यवसायी, तथा अन्य विकासे कार्यालयहरुमा प्रत्यक्ष प्रभाव भन्दै केन्द्रको ध्यानाकार्षण गराएको हो । 
दैनिक दर्जनौ पटक हुने विद्युत ट्रिपिङका कारण लमजुङका संघसंस्थाहरु लगाएत स्थानिय बासीहरुलाई अत्यन्त ठूलो समस्या परेको इकाइले जनाएको छ ।  
जिल्लामा लोडसेडीङ के कस्तो कारणले भै रहेको हो र यसको निराकरणको लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा केन्द्रले १५ दिन भित्र समस्या समाधानको स्पष्ट खाका तयार गरी जिल्लामा पुन सदावहर रुपमा बिधुत प्रशारण गर्न इकाइले विज्ञप्ती मार्फत अनुरोध समेत गरेको छ । 
यस जिल्लामा उत्पादित बिधुत बाहिर निर्यात गर्नुअधि यसै जिल्लामा खपत गराई वढीहुन आएको बिधुत निर्यात गरी यस जिल्लामा नियमित बिधुत आपुर्ति गराउने व्यवस्था मिलाईदिनुहुन पनि इकाइले माग गरेको छ । लमजुङ उद्योग वाणिज्य संघ, बेसीशहर इकाईका अध्यक्ष प्रदिप बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तीमा समस्याबाट छुटकारा दिई व्यवसायीलाई सहज बाताबरण निर्माण गर्न समेत आग्रह गरिएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल