• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका ८ वटा स्थानीय तहहरुमा कर्मचारी व्यवस्थापन कार्य शुरु, जनस्वास्थ्य मातहतका कर्मचारी खटाइएयो


 
लमजुङका ८ वटा स्थानीय तहहरुमा कर्मचारी व्यवस्थापन कार्य अघि बढेको छ । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीको अध्यक्षतामा बसेको स्थानीय तह कर्मचारी व्यवस्थापन समितिको बैठकले जनस्वास्थ्य मातहतका कर्मचारीहरुलाई स्थानीय तहमा व्यवस्थापन गरेको छ । 
जसअन्तर्गत राईनास नगरपालिका कार्यालयमा साविकको चक्रतिर्थ स्वास्थ्य चौकीका सिअहेव मित्रु गिरी र धमिलिकुवा स्वास्थ्य चौकीका लक्ष्मी प्रसाद सेढाइलाई खटाइएको छ । यस्तै सुन्दरबजार नगरपालिका कार्यालयमा साविकको चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्रका मेअ डा. सविता विक र दुराडाँडा स्वास्थ्य चौकीका सिअहेव रामेश्वर सेढाईलाई खटाइएको छ, भने मध्यनेपाल नगरपालिकामा साविकको चिसंकु स्वास्थ्य चौकीका सोतीलाल शाह र तान्द्राङ टक्सार स्वास्थ्य चौकीका सुर्य पौडेललाई खटाइएको छ । 
बेसीशहर नगरपालिका कार्यालयमा साविकको खुदी स्वास्थ्य चौकीका परमेश्वर पिया र बाझाखेत स्वास्थ्य चौकीका लक्ष्मी बसौलालाई खटाइएको छ । यस्तै मस्र्याङ्दी गाउँपालिमा साविकको बाहुनडाँडा स्वास्थ्य चौकीका रमानाथ घिमिरेलाई खटाइएको छ, भने दुधपोखरी गाउँपालिका कार्यालयमा साविकको गौडा प्राथामिक स्वास्थ्य केन्द्रका होम बहादुर गुरुङ र अर्जुन रिमाल लाई खटाइएको छ । दोर्दी गाउँपालिका कार्यालयमा भने, साविकको बन्सार स्वास्थ्य चौकीका तपरमण पोखरेल र रम्घा स्वास्थ्य चौकीका ललीतजंग रोकायलाई खटाइएको छ । 
क्होलासोँथर गाउँपालिका कार्यालयमा भने साविकको लमजुङ सामुदायिक अस्पतालका त्रिलोक गुरुङ र भुजुङ स्वास्थ्य चौकीका दिपेन्द्र राईलाई खटाईएको छ । उनीहरुले नगरपालिका कार्यालयबाट नै सेवा दिनेछन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल