• Today :
    Friday, November 24, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा दिए एक हजार ४३ जनाले उम्मेदवारी (कहाँ कतिले दिए उम्मेदवारी हेर्नुहोस )


 

 

लमजुङ । बैशाख ३१ हुने स्थानीय तहको जनप्रतिनिधिका लागि लमजुङ एकहजार ४३ जनाले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिनेमा २५ बर्षका युवादेखि ८२ बर्षका बृद्धसमेत छन ।

बैशाख १९ गते भएको मनोनयन दर्ताको दिनमा एक हजार ४३ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार बेसीशहर नगरपालिकामा १५८, सुन्दरबजार नगरपालिकामा १८७, मध्यनेपाल नगरपालिकामा १२६ र राइनास नगरपालिकामा १५१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन । जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाका अनुसार दोर्दी गाउँपालिकामा १३८, मस्र्याङ्दी गाउँपालिकामा १०८, दुधपोखरी गाउँपालिकामा ७४ र क्लोँलासोँथर गाउँपालिकामा १०१ जनाले उम्मेदवारी दिएका छन ।

निर्वाचन कार्यालयका अनुसार बेसीशहर नगरपालिकामा मेयरमा ४, उपमेयरमा ४, वडा अध्यक्षमा ३५, वडा सदस्यमा ६२, महिला सदस्यमा २७ र दलित महिला सदस्यमा २६ जनाको उम्मेदवारी परेको छ । सुन्दरबजार नगरपालिकामा मेयरमा ७, उपमेयरमा ४, वडा अध्यक्षमा ४४, सदस्यमा ६९, महिला सदस्यमा ३२ र दलित महिला सदस्यमा ३१ जनाले उम्मेदवारी दिएका छन ।

मध्यनेपाल नगरपालिकामा मेयरमा ४, उपमेयरमा ४, वडा अध्यक्षमा २९, सदस्यमा ४८, महिला सदस्यमा २१ र दलित सदस्यमा २१ जनाले उम्मेदवारी दिएका छन । राइनास नगरपालिकामा मेयरमा ६, उपमेयरमा ३, वडा अध्यक्षमा ३४, सदस्यमा ५३, महिला सदस्यमा २९ दलित महिला सदस्यमा २६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरि दोर्दी गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा २, वडा अध्यक्षमा ३३, सदस्यमा ५०, महिला सदस्यमा २६ र दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ । मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा ३, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १८, सदस्यमा ४४, महिला सदस्यमा १९, दलित महिलामा २० जनाले उम्मेदवारी दिएका छन ।

दुधपोखरी गाउँपालिकाको अध्यक्षमा ६, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १५, सदस्यमा २५, महिला सदस्यमा १३ र दलित महिला सदस्यमा ११ जनाले उम्मेदवारी दिएका छन । क्होँलासोँथर गाउँपालिकामा अध्यक्षमा ३, उपाध्यक्षमा २, वडा अध्यक्षमा २१, सदस्यमा ३८, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका छन ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा सबै पदमा गरि ३ सय ९१ जना जनप्रतिनिधि निर्वाचित हुन्छन । चारवटा नगरपालिकाबाट प्रमुख र उपप्रमुखगरि ८ जना चुनिन्छन । यस्तै वडा अध्यक्षसहित पाँचजना सदस्यगरि २ सय १० जना जनप्रतिनिधि चुनिन्छन ।

चारवटा गाउँपालिकाबाट प्रमुख र उपप्रमुखगगरि ८ जना, वडा अध्यक्षसहित ५ जना सदस्यमा १ सय ६५ जनागरि १ सय ७३ जनप्रतिनिधि छनौट हुनेछन । लमजुङमा बेसीशहर, सुन्दरबजार, मध्यनेपाल, राइनासगरि चार नगरपालिका छन । यस्तै मस्र्याङ्दी, दोर्दी, दुधपोखरी र क्होँलासोथरगरि चारवटा गाउँपालिका रहेका छन । लमजुङका चार वटा नगरपालिकामा ४२ र चारवटा गाउँपालिकामा ३३ वडा रहेका छन ।

 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल