• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

शुसासनको अभावमा पुँजीगत खर्चले गति लिएन : पूर्वअर्थमन्त्री डा. महत


 
स्थानीय तहलाई दिएका अधिकारको उपयोग गर्न प्रशासनिक संरचना चाडो निर्माण हुनुपर्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतले बताउनुभएको छ । रेडियो मस्र्याङ्दीसँगको बिशेष कुराकानीमा बोल्दै उहाँले निर्वाचनपछि जनतामा उत्साह र उर्जा थपिएको भन्दै स्थानीय तहको अधिकार र त्यसको उपयोगका लागी प्रशासनिक संरचनाको तयारी चाडो हुनु अहिलेको आवश्यकता रहेको कुरा औल्याउनुभयो । 
स्थानीय तहलाई समृद्ध बनाउन अन्य शिर्षकको खर्च कटाएर विकास निर्माणमा बढी खर्च गर्ने, उत्पादन बढाउने र रोजगारीको अवसर सृजना गर्नतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।  
फरक प्रशंगमा कुराकानी गर्दै नेता महतले शुसासनको अभावमा पुँजीगत खर्चले गति लिन नसकेको बताउनुभयो । हावाको भरमा बजेट राख्ने, कम तयारी र पूर्वाधार नपुग्दा पँुजीगत खर्च बढ्न नसकेको उहाँको भनाई थियो ।  
सरकार परिवर्तन भएसँगै प्रशासनहरु पार्टीकरण हुने र यसको असर विकास खर्चमा हुने भएकाले पनि सोचे अनुसारको उपलब्धी हासिल गर्न नसकिएको नेता महतले बताउनुभयो । काम गर्ने,  आर्थिक विकास गर्ने र शुसासन कायम गर्ने मान्छेलाई प्रोत्साहन गर्ने संस्कारको विकास हुन आवश्यक रहेको उहाँको भनाई छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल