• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

याङजोम अभियानमा लाखौँ रकम जुट्दै


 
निरज अधिकारी, काठमान्डौ ।
आफनो जन्मथलोमा स्वास्थ्य चौकी भवन बनाउने अभियानमा जुटेकी एक यूवतीलाई लाखौँ रकम जुट्न थालेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको घुन्सा अस्थायी सामुदायिक स्वास्थ्य भवन बनाउन याङजोम शेर्पाले अभियान थालेकी हुन् । उनको अभियानमा हालसम्म १६ लाख बढी रकम संकलन भैसकेको छ । 
चालिस लाख रुपैयाँ उठाएर गाउँमा ५ कोठे पक्की भवन बनाउने उनको योजना छ । ‘घुन्सा पुग्न ताप्लेजुङको सदरमुकाम फुङलिङबाट चार दिन लाग्छ,’ उनले भनीन् ‘दुर्गम गाउँ घुन्सामा स्वास्थ्यचौकी नहुदा वर्षेनी प्रसव वेदनाका कारण कम्तिमा दुइ जना महिलाले ज्यान गुमाउँछन् ।’ तिब्वतसँग सीमा जोडिएको ताप्लेजुङको घुन्साबासीले अझै पनि सिटामोल खान पाउदैनन्, उपचारको त कुरै नगरौ, उनले भनीन् । 
सुत्केरी क्रममा उच्चरक्तश्रावले उपचार अभाव आफनै आमा चुङगी शेर्पाको मृत्यु भएको उनले बताइन् । ‘भाइ जन्मिए पनि रत्तश्रावले तीन दिनपछि आमालाई गुमाउनु प¥यो, ‘मृत्युको शिकार बन्नु भएकी मेरी आमा जस्तै सयौं महिला आमाहरु अझै पनि यस्तै बध्यता सहनु बाध्य छन,’ उनले थपीन् । 
यस अवस्थालाई कम गर्न अभियानमा जुटेकी याङजोमलाई सामाजिक सञ्जालमार्फत १५ लाख रकम जुटेको छ । उनको अभियानलाई लिःल फङ् घले समाजले नेपाल र विदेशबाट उठाएको १ लाख १ हजार रुपैयाँ हालै काठमाडौंमा हस्तान्तरण गरेको छ । यस्तै लमजुङ भोटेवडारको घले संरक्षण कोषबाट १५ हजार र मगर घलेबाट १५ हजार गरी ३० हजार रुपैँया समेत सो अवसरमा हस्तान्तरण गरीएको अगुवा बीरसिंह घलेले जानकारी दिए । 
सुत्केरी हुनकै लागि घुन्साबासी पाँच लाख बढी खर्चनु पर्ने बाध्यता छ । स्वास्थ्य संस्था अभावले विषेश गरी महिलामा बढी समस्या हुने गरेपछि याङजोमको पहलमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ । घुन्सा आधारभुत विद्यालयको एक कोठामा सञ्चालित स्वास्थ्य इकाइबाट प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेकाले स्वास्थ्य चौकी भवन बनाउने अभियानमा याङजोम जुटेकी हुन् । 
ताप्लेजुङ सदरमुकामदेखि चार दिनको पैदलमा पुगिने यो गाउँ हत्तपत्त मानिसहरु पुग्न सक्दैनन् । केही बर्ष अघि उच्च व्यत्तित्वहरु हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि मात्रै होला सबैले यो घुन्सा गाउँको नाम सुनेको । घुन्सा गाउँमा ६१ परिवार भोटे, शेर्पाको बसोवास भए पनि अधिकांश निरक्षर छन् । स्वास्थ्य समस्याका कारण दर्जनौले अकालमै ज्यान गुमाइ सकेका छन् ।
क्याप्सन : लिल. फङ् घले समाजले काठमान्डौमा रकम हस्तान्तरण गर्दै ।