• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

पर्यटक लोभ्याउन ६ थप योजना


 
निरज अधिकारी
७ साउन, बेसीशहर ।
पर्यटकीय दृष्टिकोणले धैरै अगाडी रहेको लमजुङमा पर्यटकलाई थप आकर्षण गर्न विभिन्न निति तथा योजनाहरु निर्माण गरिदै लगिएको छ । पछिल्लो आर्थिक बर्षमा लमजुङमा ६ ओटा पर्यटकीय योजनाहरु सम्पन्न गरिएको छ । तत्कालिन जिल्ला विकास समितिको समन्वयमा पर्यटन वोर्ड तर्फका ६ ओटा योजना सम्पन्न भएका हुन ।
जसअन्तर्गत दुईओटा भ्यू टावर, वैकल्पीक अन्नपुर्ण पदमार्ग मर्मत, बराहपोखरी पदमार्ग निर्माण, क्यानोइङमा संरचना र तातोपानी कुण्ड मर्मत गरिएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए । उनका अनुसार प्रसिद्ध वैकल्पीक अन्नपुर्ण पदमार्गमा २० लाख र बराहपोखरी पदमार्गका लागि १० लाख खर्च गरिएको छ ।
विश्वबिख्यात राउण्ड अन्नपूर्णको मुख्य प्रबेशद्धार लमजुङ भएकाले पनि यहाँ बर्षमा हजारौ पर्यटक आउँछन् । लमजुङ हुँदै अन्नपूर्ण पदमार्गको यात्रामा निस्कने पर्यटकलाई जिल्लामा समेत थप आकर्षित गर्न लागी परेको सिग्देलले जानकारी दिए । 
राउण्ड अन्नपुर्ण पदमार्ग अन्तर्गत बेसीशहर हुँदै मनाङसम्म सहज रुपमै सडक सञ्जाल जोडिएसँगै साहसीक पदयात्रामा निस्कने पर्यटकको संख्यामा समेत कमी आएको छ । जस्ले गर्दा यस समस्यालाई सुल्झाउन बैकल्पीक पदमार्ग निर्माणको काम समेत शुरु गरिएको छ ।
लमजुङको उत्तरी भागमा पर्ने पवित्र तिर्थस्थल बराह पोखरी पुग्नको लागि पदमार्ग नहुँदा समस्या भएपछि १० लाख रुपैया खर्च गरेर पदमार्ग निर्माण गरिएको छ । पर्यटन योजना अन्तर्गत उत्कृष्ट होमस्टे काउलेपानीमा १० लाख खर्च गरी भ्यू टावर निर्माण गरिएको छ । यस्तै जिल्लाको पश्चिममा पर्ने करापुमा पनि १५ लाखको लागतमा भ्यू टावर निर्माण गरिएको स्थानिय विकास अधिकारी सिग्देलले बताए । 
जिल्लाको उत्तरी बेल्टमा पर्ने ताघ्रिङस्थित स्याँगे झरनामा क्यानोइङ प्रवद्र्धनको लागि ५ लाख खर्च भएको छ । अन्तराष्ट्रिय क्यानोइङ महोत्सव गर्ने लक्ष्यका साथ संरचनाहरु निर्माण गरिएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल बताउँछन् । उनका अनुसार ताघ्रिङकै जगतमा रहेको तातोपानी कुण्ड सरसफाई तथा संरचना निर्माणको लागि पनि ५ लाख रुपैया खर्च गरिएको छ । जहाँ विशेष गरि हिँउदको समयमा नुहाउनेहरुको भिड लाग्ने गर्दछ । निर्माण सम्पन्न यी ६ योजनाले पर्यटकीय क्षेत्रको विकास र प्रर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने जिसस लमजुङले जनाएको छ । 
क्याप्सन : योजना अन्तर्गत निर्माणसम्पन्न काउलेपानी भ्युटावर 
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल