• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा जबरजस्ती करणी आरोपमा एक पक्राउ


 
६ साउन, दोर्दी ।
लमजुङ प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका २ का ४६ बर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
एक ५ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै घर लगेर जवर्जस्ती करणी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको  छ । 
आरोपीत परियारले आफनो कसुर स्वीकार समेत गरेका छन् । उनले मादक पदार्थ (रक्सी) सेवान गरेको नसामा उक्त क्रियाकलाप भएको स्वीकारेको प्रहरी नायव उपरिक्षक समीरचन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटना शुक्रबार अपरान्ह साँढे ४ बजे घटेको र घटना घटेको आधा घण्टामै प्रहरीले परियारलाई पक्राउ गरेको हो । 
परियार माथि जबरजस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता हुने डिएस्पी खरेलले बताउनुभयो । अभियोग ठहरिए १० देखि १५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल