• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

वनलसुन खोज्न लेकतिर जानेको भीड


 
निरज अधिकारी
७ साउन, लमजुङ ।
हिमालपारीको जिल्ला मनाङ र लमजुङका लेकहरुमा हिजोआज वनलसुन नामक जडिबुटी खोज्नेहरुको भीड लागेको छ । मनाङको चामे, ताचैबगरछाप, धारापानी, थोँचे साथै लमजुङको वाहुनडाँडा, घेर्मू, घनपोखरा, भुलभुले लगायतका लेकहरुमा वनलसुन संकलन गर्नेहरुको भीड लागेको हो ।
वन लसुन संकलन गरेर त्यसको बिक्रीबाट आम्दानी गर्न ग्रामीण क्षेत्रका वालवालिकादेखि बुढापाकाहरु लेकमा पुगेका छन् । वन लसुन संकलन गर्न धादिङ, गोरखा, तनहुँ जिल्लाका वासिन्दा समेत आएका मनाङको पिसाङका पशुपति अधिकारीले बताए । उनका अनुसार असार मसान्तदेखी वनmसुन खोज्नेको भिड लाग्छ । 
मनाङमा बन लसुन बेचेर त्यहाँका बासिन्दाहरुले लाखौ आम्दानी गर्दै आएका छन् । विशेषरी, बेरोजगार अबस्थामा रहेका युवायुवतीहरु वनलसुन संकलनमा बढी जाने गरेका छन् ।  बासिन्दाहरुले बन उपभोत्ता समिती मार्फत रसिद काटेर बन लसुन खोज्ने गरेका छन् । 
आलो वनलसुन प्रतिकिलो २ हजार र सुकेकोलाई प्रतिकिलो १० हजारसम्म विक्री हुने गरेको छ । लसुन विक्री गरेर एक जनाले मात्रै ३० हजार देखी एक लाखसम्म आम्दानी गर्ने गरेको मनाङ चामेकी मेनका घलेले बताइन् । वनलसुन, घाउ लागेको ठाउँ तथा शल्यक्रिया गरेका बिरामीका लागि अचुक औषधीको रुपमा प्रयोग गरिन्छ । मनाङ र लमजुङका करीव २५ सय देखि ५ हजार मिटर उचाईको जंगलमा बनलसुन पाईन्छ । 
उत्तरी लमजुङको वाहुनडाँडा र घेर्मुका वासिन्दाहरु वनलसुन संकलनका लागि घरमा ताल्चा  नै लगाएर लेकमा गएका छन् । उनीहरु वाहुनडाँडाको भीरपुस्तुन लेक र घेर्मुको सञ्जापू लेकमा वनलसुन संकलनका लागि त्रिपाल टाँगेर बसेका स्थानीय वासिन्दाले बताएका छ ।
स्थानीय वासिन्दाले आम्दानी गर्ने नाउँमा वाहुनडाँडाको भीरपुस्तुन र घेर्मुको सञ्जापू लेकमा विना अनुमति वनलसुन संकलन भईरहेको छ । संकलनकर्ताले जिल्ला वन कार्यालयबाट स्वीकृत लिनुपर्ने भएपनि धेरैजसोले लिएका छैनन् । 
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल