• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

बेसीशहरको हाइस्कुल चोकका ३ वटा घरमा आगलागी, २० लाखको क्षति


 

लमजुङ सदरमुकाम बेसीशहरको हाइस्कुल चोकमा शनिबार  १२ बजे आगलागी हुँदा तीनवटा घर ध्वस्त भएका छन् । आगलागीका कारण बेसीशहर नपा वडा नं ७ स्थित सुनचाँदी पसल, फलफुल तथा तरकारी पसल र एक किराना पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगलागीबाट रामबहादुर विकको सुनचाँदी पसल, मिना अधिकारीको फलफुल तथा तरकारी पसल र कृष्ण विकको किराना पसल पूर्ण रुपमा ध्वस्त भएको हो । यि तीनवटै घर हेमप्रसाद घिमिरेको रहेको खुल्न आएको छ । उनले सबै पसल भाडामा लगाएका हुन् । प्रहरीका अनुसार राती ठूलो पानी आएको र कतै तारमा पानी परेर विजुली सर्ट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धानको कार्य भइरहेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।

आगलागीबाट सुनचाँदी पसलमा रहेको केही सुनचाँदी, एउटा मोटरसाइकल, अन्य दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अधिकारीको पसलबाट केही नगद रुपैयाँ सकुशल झिक्न सफल भएको डीएसपी जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको खबर प्राप्त भएको हो । त्यसपछि डीएसपीकै कमाण्डमा इन्सपेक्टरसहितको प्रहरी टोली, दमकल साथै स्थानीयले आगो निभाएका थिए । १ बजेर ४० मिनेट जाँदा आगलागी निभाउन सकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयले उक्त घटना करिब साँढे १२ बजेतिर भएको बताएका छन् । प्रहरी र स्थानीयले विद्युत् आउनेजाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

 विद्युत्‌को तार, टेलिफोन तथा केवुल लाइनमा समेत क्षति पुगेको छ । आगलागीका कारण मनाङेचौतारा टोलमा विद्युत् आपूर्ति बन्द छ । घटनास्थलको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोली पुगेको थियो । प्रहरीले घटनाको मुचुल्का उठाउन बाँकी रहेपनि आगलागीबाट २० लाख बढिको क्षति भएको पिडितहरुले बताएका छन् ।

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल