• Today :
    Tuesday, September 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

रेडियो मस्याङदीका सचिव घले अमेरिकामा सम्मनित


लमजुङको अग्रणी सञ्चार संस्था सामुदायिक रेडियो मस्याडदीका सचिव प्रेमकुमारी घले अमेरिकामा सम्मानित हुनुभएको छ । संयुक्त राष्ट्र सघंको स्थायी फोरमको १६ औं बैठकमा सहभागी हुन अमेरिका पुग्नुभएका घलेलाई अमेरिकाको न्युयोर्क शहरमा रहेका तमु परिवारले सम्मान गरेको हो । 
उहाँसगै फोरममा सहभागी हुनुभएका राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघका अध्यक्ष प्रतिमा गुरुड, र पत्रकार मच्छे गुरुडलाई पनि सम्मान गरिएको छ । उहाँहरुलाई तमू परिवार न्यूयोर्कका अध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष मनिता गुरुङ , सचिव डिबि गुरुङ लागायतले सम्मान गर्नुभएको हो । 
संचार र तमू तथा जनजाति समुदायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तीनै जनालाई सम्मान गरिएको हो । विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घले हाल संचारिका समूहदारा संचालित महिला खवरको सम्पादक हुनुहुन्छ । प्रतिमा प्राध्यापक तथा अपांग भएका जनजाति महिलाको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ भने पत्रकारिता र वकालत पेशामा लामो समय काम गर्नुभएका मच्छे डेढ बर्षदेखि अमेरिकामा अध्ययनरत हुुनुहुन्छ । 
सम्मानको अवसरमा तमू परिवारका अध्यक्ष डम्वर बहादुर गुरुडले मातृभूमि नेपाल भन्दा टाढा रहेपनि नेपाली र नेपाल भुमिका लागि आफूहरुले सक्दो सामाजिक कार्यमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल