• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

राप्रपा लमजुङले तीन बर्षदेखी घर भाँडा तिरेन, घरमुलीले लगाए ताला


 
९ साउन, बेसीशहर । 
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लमजुङले सम्पर्क कार्यालय राख्दै आएको घरमा विगत तीन बर्षदेखी घरभाडा नर्तिदा घरमुली मर्कामा परेका छन् । बेसीशहर नगरपालिका वडा नं. ८ शेरा ओरालोमा बालकृष्ण वाग्लेको घरमा राप्रपाले सम्पर्क कार्यालयका लागी हल कोठा भाडामा लिएको थियो । विगत ८ बर्षदेखी कार्यालय राख्दै आएको उत्त पार्टीले २०७१ सालदेखी घरभाडा नबुझाएको घरमुली बालकृष्ण वाग्लेले बताउनुभयो । पिडित वाग्लेले आज बेसीशहरमा पत्रकार भेटघाट गर्दै उत्त घर भाँडाको कुल रकम गत असार मसान्तसम्मको १ लाख ५९ हजार पुगेको बताउनुभयो । 
उत्त वक्यौता रकम २०७१ सालको ३० हजार, २०७२ सालको मासिक रु. ४ हजार ५ सयका दरले ५४ हजार, २०७३ सालको मासिक ५ हजारका दरले ६० हजार रुपैँया र २०७४ सालको बैशाखदेखी असार आजसम्मको १५ हजार बढी रकम तिर्न बाँकी रहेको पिडित वाग्लेले जानकारी दिनुभयो । घर धनीको नाताले पटक–पटक सो रकम माग गर्दै आएको भन्दै उहाँले आज भोली भन्दै टार्दै आएको समेत बताउनुभयो । 
राप्रपा र राप्रपा नेपाल एकता हुनुभन्दा अघि सो घरमा राप्रपा नेपालको मात्र कार्यालय थियो । दल एक हुँदा वा जिल्ला अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आउँदाको अवस्थामा पनि आफुले एक महिनाको घरभाडा पाउन मुस्किल परेको पिडित वाग्लेले गुनासो गर्नुभयो । 
वाग्लेले एक प्रेस विज्ञप्ती निकाल्दै बैशाख ३१ को स्थानीय तहको निर्वाचन पश्चात राप्रपाको गत जेठ २० गते समिक्षा बैठक भएको र आफुले जेठ २१ गते सम्पर्क कार्यालयमा तालाबन्दी गरेपनि कुनै सुनुवाई नभएको समेत बताउनुभएको छ । 
यता राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्ल भने रकम जम्मा हुदै गएको र केहि समय पश्चात घरभाडा तिर्ने तयारीमा रहेको बताउँछन् । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल