• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मृगौला पीडित सुरेन्द्रलाई हङकङबाट ६ लाख बढी सहयोग


 
९ साउन, काठमान्डौ ।
दुवै मृगौला समस्या भएर उपचार गराइरहेका २२ बर्षिय सुरेन्द्र गुरुङलाई हङकङमा रहेका लमजुङेहरुले आर्थिक सहयोग गरेका छन् । लमजुङको दोर्दी गाउँपालिका, १ भारतेका गुरुङलाई लमजुङ सेवा समिति हङकङले ६ लाख १३ हजार १७ रुपैया पठाएको बुवा हितबहादुरले बताउनुभयो ।
उक्त रकम हालै एविसी टेलिभिजनको कार्यक्रम इन्द्रेणीमार्फत लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङका संरक्षक एवं सांसद जमिन्द्रमान घले, समितिका अध्यक्ष प्रेमकुमारी घले, सदस्य मिना गुरुङ र हङकङ सेवा समितिका सल्लहाकार रामबहादुर गुरुङले सयुक्त रुपमा सुरेन्द्र र उनका बुबालाई हस्तान्तरण गर्नुभएको थियो ।
सुरेन्द्रको अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंमा उपचार भैरहेको र केही महिनाभित्र मृगौला प्रत्यारोपण गर्ने भएको छ । उनलाई आमाले नै मृगौला दिने भएकाले आमाको पनि स्वास्थ्य जाँच गराइरहेको बुबा हितबहादुरले बताउनुभयो । छोराको उपचारमा अहिले दैनिक ३०–३५ हजार रुपैया खर्च भैरहेको पनि उहाँले बताउनुभयो ।
सुरेन्द्र बचाउ अभियान कार्यक्रम इन्द्रेणीमार्फत प्रसारण भएपछि लमजुङ सेवा समिति हङकङले एक सय १९ जनासगँ ५० देखि एक हजार हङकङ डलर संकलन गरि पठाएको समितिका सचिब सुरेन्द्रमान घलेले जानकारी दिनुभयो । समितिले लमजुङमा ४० लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरि स्वास्थ्य, शिक्षा, खेलकूद र विपदको क्षेत्रमा व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्दै आएको छ ।
यसैबीच, सुरेन्द्रलाई लमजुङ समिभञ्याङ घर भै हाल वेलायत बस्दै आउनुभएका टप बहादुर गुरुङ र उहाँका छोरीहरुले ४५ हजार रुपैया त्यस्तै मकाउमा रहेका पोखराका याम पुन, लमजुङ, सुन्दरबजारका कृष्ण दुरा, चितवानका विशाल गुरुङ, धरानका किरण राई र सिरहाका अनिल हमालले १३ हजार ७ सय रुपैया पठाएको छ ।
उक्त रकम कार्यक्रममार्फत सुरेन्द्रको परिवारलाई प्रदान गरिएको इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेलले जानकारी दिनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल