• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मध्यमस्याङदी–तल्लो मस्याङदी डबल सर्किटको काम ९० प्रतिशत पूरा


 
 
१२ साउन, बेसीशहर ।
लमजुङमा उत्पादित सबै विद्युतलाई लैजानको लागी नेपाल विद्युत प्राधिकरणद्धारा मध्यमस्र्याङ्दी देखी तल्लो मस्र्याङदीसम्मको प्रसारणलाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले ३८ किलोटिर लामो १३२ केभी डबल सर्किटको प्रसारण लाइन निर्माणको कार्य तिब्र रुपमा अघि बढाएको हो । 
आव २०७३÷०७४ मा सक्ने लक्ष्यका साथ काम अघि बढेपनि जग्गाको मुआब्जा, काम गर्ने जनशक्ति र बर्खाले गर्दा दुई महिना पछि परेको मध्यमस्र्याङ्दी डुम्रे–दमौली प्रसारण लाइन आयोजना प्रमुख गणेश केसीले बताए । उनका अनुसार डबल सर्किटको काम हाल ९० प्रतिशत सकिएको छ । कुल एक करोडको लागतमा बन्न लागेको उत्त डबल सर्किटको काम मुडभारी एण्ड जोशी कन्ट्रक्सन प्रालीले जिम्मा लिएको छ ।  
निर्माण कार्य तिब्र रुपमा अघि बढेकाले आगामी एक महिनाभित्र मध्यमस्र्याङदी–तल्लो मस्र्याङदी प्रसारण लाइनको निर्माण कार्य सक्ने योजना रहेको समेत आयोजना प्रमुख केसीले जानकारी दिए ।  
मस्र्याङ्दी करिडोरमा निर्माण सम्पन्न भई विद्युत उत्पादन थालेका ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को विद्युत सजिलै लैजानको लागि प्राधिकरणले विगतमा भएको १३२ केभीको सिंगल सर्किटको क्षमतालाई दोब्बर बनाउन लागेको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । उनका अनुसार डबल सर्किटको काम सकिएसँगै जिल्लामा उत्पादित कुल एकसय ३६ मेगावाट विद्युतमध्ये ६ मेगावाट जिल्लामै खपत गराई बाँकी एकसय ३० मेगावाट केन्द्रिय लाइनमा पठाउने छ ।
यस्तै डुम्रे–दमौली २० किलोमिटर प्रसारण लाइन निर्माण कार्य समेत तिव्र रुपमा अघि बढेको छ । उत्त निर्माण कार्यको जिम्मा सिग्माकन प्यारा लिमिटेडले जिम्मा लिएको छ ।  
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल