• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मनाङको तिल्चेमा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता शुरु, पुरस्कारको राशी २० हजार


१२ साउन । हिमाली जिल्ला मनाङको नाशोङ गाउँपालिका–६ तिल्चेमा बुधबारदेखि जिल्लाब्यापी खुला भलिवल प्रतियोगिता शुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ भलिवल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता साउने संक्रान्तिको अवसर पारेर आयोजना गरिएको हो ।
तिल्चेस्थित विपि तरुण क्लवको आयोजनामा भएको भलिवल प्रतियोगिताको पूर्ब सांसद एवं राष्ट्रिय सभा सदस्य कोमल घलेले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै घलेले खेलकुद विकासको सुचक भएको बताउनुभयो । उहाँले खेलकुदले युवाहरुको क्षमता विकास मात्रै नभई अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पु¥याउने बताउनुभयो । “गाउँघरमा आयोजना गरिने खेलकुद प्रतियोगिताले भोली राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुग्न सहयोग मिल्नेछ ।” पूर्ब सांसद घलेले भन्नुभयो, “युवाहरुको राष्ट्रको गहना हुन् । त्यसैले युवाहरुलाई खेल क्षेत्रमा पु¥याई सकारात्मक सोचको विकास गर्नुपर्ने आजको आवश्यकता हो ।”
यस्तै कार्यक्रममा नाशोङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष ङिमा ओंगेल, वडा नं ७ का वडाध्यक्ष धनबहादुर गुरुङ, हिमज्योति आधारभुत विद्यालय तिल्चेका प्रधानाध्यापक डिलाराम गुरुङले विपि तरुण क्लवले खेलमैदानको निर्माण गरी आयोजना गरेको जिल्लाब्यापी पुरुष तथा महिला भलिवल प्रतियोगिता साँच्चिकै नमुना कार्यको थालनी भएको धारणा राख्नुभयो । जनप्रतिनिधीद्धयले गाउँमा ठूलो साइजको खेलमैदान निर्माण गरी खेल क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
विपि तरुणले आयोजना गरेको भलिवल प्रतियोगितामा जिल्लाभरीको पुरुषतर्फ कुल १२ टीम र महिलातर्फ २ टीमले सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमले नगद २० हजार, मेडल, प्रमाणपत्र र कप पाउनेछ भने द्धित्तिय हुने टीमले नगद १० हजार, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडीले एकहजार पाउनेछ ।
यस्तै महिलातर्फ प्रथम हुने टीमले नगद ९ हजार, मेडल, प्रमाणपत्र र कप पाउनेछ भने द्धित्तिय हुनेले नगद ५ हजार हजार, मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीले नगद एकहजार पुरस्कार पाउने क्लवकी कोषाध्यक्ष दिया गुरुङले जानकारी दिनुभयो ।  
क्लवका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्लवकी सदस्य सर्मिला गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।
प्रतियोगिताको सहजीकरण कार्यक्रम संयोजक एवं पूर्ब सचिव योगेन्द्र गुरुङले गर्नुभएको थियो । क्लवले १० लाख खर्च गरेर ८ ‘ए’ साइजको खेलमैदान हालसालै निर्माण गरेको क्लवका निवर्तमान अध्यक्ष पुष्पबहादुर गुरुङले जानकारी दिनुभयो ।