• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

कविताबाटै सम्झिए हलोक्रान्तिका नायकलाई


 
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ बाटेगरामा आयोजना गरीएको एक कार्यक्रममा सहभागीले कविता मार्फत हलोक्रान्तिका नायकलाई सम्झीएका छन् । उनीहरुले हलोक्रान्ति विशेष कवितामार्फत हलोक्रान्तिका नायकलाई सम्झीएका हुन् । उनीहरुले हलोक्रान्तिका नायकहरुले गरेको कामलाई निरन्तरता दिनुपर्ने,जातिय विभेद अन्त्य गर्नुपर्ने जस्ता कविता वाचन गरेका थिए । कविता प्रतियोगितामा टिकाराम खनिया पहिलो, दिपेन्द्र घिमिरे द्धितिया, उत्तम वस्याल तृतिया र प्रसान्त वस्याल सान्त्वना भएका छन् । प्रतियोगीतामा  १० जना सहभागि भएका थिए । प्रतियोगीतामा पहिलो,दोस्रो,तेस्रो र सान्त्वनालाई क्रमशः एक हजार, सात सय, पाँच सय र तीनसय रुपैया प्रदान गरीएको थियो ।  हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा कविता हलोक्रान्ति विशेष कविता प्रतियोगीताको आयोजना गरेको हो । 
दिवस मनाईयो ।
६८ औ हलोक्रान्ति दिवस बुधबार विभीन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मनाउन लमजुङबासीले माग गरेका छन । बुधबार लमजुङको दराडाँडामा आयोजना गरीएको ६८ औ हलोक्रान्ति दिवसमा बोल्ने अधिकांश वक्ताले हलोक्रान्तिलाई राष्ट्रीय दिवसको रुपमा मनाउनुपर्ने माग गरेका हुन् । कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगर प्रमुख जनकराज मिश्र प्रमुख अतिथी रहनुभएको थियो । उहाँले हलोक्रान्तिलाई राष्ट्रिीय दिवसको रुपमा मनाउनुपर्ने बताउनुभयो । दुराडाँडालाई कृषिक्रान्तिका रुपमा चिनाउन आवश्यक रहेको बताउनुभएको छ । मिश्रले हलोक्रान्तिलाई निरन्तरता दिई बाहुनहरुले हलो जोतेको बाटेगरामा तोयानाथको शालीक स्थापना गरीने बताउनुभयो । साथै मिश्रले गुरुयोजना निर्माण गरी तोयानाथको शालिक स्थापना गर्न नगरपालिका लागी पर्ने बताउनुभएको छ । 
त्यस्तै कार्यक्रममा नगरपालिकाका उपमेयर ज्ञानु शाह विशेष अतिथी रहनुभएको थियो । विशेष अतिथी शाहले हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अब तोयानाथ अधिकारीले देखाएको बाटोलाई नगरपालिकाले पछ्याउने बताउनुभयो । मान्छे मरेर गएपनि इतिहास मर्न नहुने बताउनुएको छ । बाटेगरालाई ऐतिहासीक ठाउँको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।  
पहिलोपटक २००६ सालमा दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भात ठेगियो माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी माईत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीहरुको विहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात काढियो । कतिले हेर्न गएको थिइन भनी ढाँटेर विहे गर्नुप¥यो । समाज अस्तव्यस्त भयो । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँटेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।
राणा सरकारको तानशाही संस्कारसंगै मौलाएको ब्राह्मणबाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले नेपालमै पहिलो पटक हलो जोतेका थिए । 
बाहुनले हलो जोतेको एकवर्षसम्म हल्ला–खल्ला मच्चियो । राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालिन सरकारले सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै बिरोध गर्न थाले । उनीहरुलाई उल्याउन त्यतीखेर “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे” भन्ने गीतै बनाएका थिए । 
बर्षैसाल लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलोक्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानका अध्यक्ष ऋषिराम खनियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव दिपक पौडेलले गर्नुभएको थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल