• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

अलैची बेर्नामा लमजुङ आत्मनिर्भर, यसबर्ष झण्डै ३० लाख बिरुवा बिक्री


 
निरज अधिकारी
११ साउन, लमजुङ ।
अलैँचीको राम्रो संभावना बोकेको पहाडी जिल्ला लमजुङका उत्पादित अलैँची बेर्ना बिक्रीबाट यसबर्ष २ करोड ७० लाख आम्दानी भएको छ । जिल्लामा उत्पादित करिब ३० लाख अलैचीका विरुवा विक्रि भएको अलैँची व्यवसायि महासँघ लमजुङले जनाएको छ । जिल्लाभित्र र जिल्ला बाहिर गरी उत्त संख्यामा अलैचीका विरुवा विक्रि भएको हो । 
अलैँचीको एउटा बिरुवा प्रतिगोटा ९ रुपैयाँका दरले बिक्री गरिएको अलैची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । जिल्लाका विभिन्न नर्सरीमा ७० लाख भन्दा बढि विरुवा उत्पादन भएको थियो । जिल्लाको अलैची बेर्ना उत्कृष्ट भएकाले पनि सहज रुपमा बिक्री भएको कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । उनका अनुसार अलैचि रोप्न साउन महिना उपयुक्त भएकोले पनि विरुवा विक्रि बढेको हो । 
लमजुङबाट स्याँङजा, गोरखा, धादिङ, कास्की, बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा अलैचिका विरुवा निकासी भएको महासंघले जनाएको छ । विरुवा विक्रि वितरणको लागि जिल्ला कृषि विकास कार्यालय लगायतका संघसस्थाले समन्वय गरेका थिए । जिल्लामा अलैँचीको राम्रो संभावना बढेपछि अधिकांश कृषक अलैँची खेतीतर्फ लागेका छन् । 
जिल्लामा गतबर्ष १२ लाख अलैचीका नयाँ बिरुवा रोपिएको थियो । लमजुङ अलैँची बेर्नामा आत्मनिर्भर रहेकाले पनि जिल्लामा आवश्यक बेर्ना कटाएर बाहिर खपत गर्ने गरिएको  छ। 
२०४१ सालबाट लमजुङमा अलैंची खेती सुरु गरिएकोमा हाल दुई सय हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । गतबर्ष ६ सय २० क्विन्टल अलैँची उत्पादन भई करिब १३ करोड रुपियाँ आम्दानी भएको थियो ।
नेपाल अलैँची व्यवसायी महासंघ लमजुङले अलैँची बिरुवाको मुल्य निर्धारण गरेको छ । अलैँचीको बिउ रोपेर उत्पादित बिरुवाको ९ रुपियाँ मूल्य निर्धारण गरिएको छ । लमजुङको बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँका किसानहरुले अलैंची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । 
करिब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलंैची गर्मी र जाडोमा हुने दुईथरीका हुन्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंची उत्पादन हुँदै आएको छ ।  विगत केहि बर्षदेखी गानो कुहिने र गबारो किरा लाग्ने रोगले पुराना बिरुवाले फल दिन छाडेपछि जिल्लामा विगतका वर्षहरुबाटै नयाँ निरोगी विरुवा उत्पादन गर्दै अलैँची उत्पादन हुने क्षेत्रमा रोप्न थालिएको हो ।
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल