• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

च्वाइस नेपालद्धारा भूकम्प पिडितका ५३ घर पुननिर्माणसँगै हस्तान्तरण


 
११ साउन, लमजुङ । गैरसरकारी संस्था मानवीय सेवा तथा अन्तर साँस्कृतिक आदानप्रदान केन्द्र च्वाइस नेपालले लमजुङमा भूकम्पबाट भत्किएका पीडितको आवासका लागि ५३ घर निर्माण गरेको छ ।
सुन्दरबजार नगरपालिका वडा नम्बर ४, दुराडाँडा क्षेत्रमा ३१ घर, वडा नं। ३ मा ७ घर साथै राइनास नगरपालिका वडा नम्बर ७, धमिलिकुवा गरमबेंसीसमा १५ घर निर्माण गरेको हो । डोटेर हिलिङ हेण्डस फाउन्डेशनको सहयोगमा सुन्दरबजार ४ र ३ मा ३३ घर साथै नेपाल होपको सहयोगमा उक्त क्षेत्रमै ५ घर र धमिलिकुवाको गरमबेंसीमा १५ घरको पुनस्निर्माण गरिएको च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले बताउनुभयो । पुनस्निर्माण गरिएका भूकम्प प्रतिरोधी घरको बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । दुराडाँडाको पुरानडिहीमा आयोजित औपचारिक कार्यक्रममा सुन्दरबजार नगरपालिका मेयर जनकराज मिश्र, उपमेयर ज्ञानु शाह लगायतले पीडित परिवारलाई घरको चावी हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मिश्रले सरकारी उदासिनताका कारण भूकम्पपीडितले अहिलेसम्म ओत पाउन नसकेको भन्दै यसलाई तदारुकताका साथ राहतका कार्यक्रमका लागि सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा उपमेयर शाह, नेपाली कांग्रेसका बद्रिमान श्रेष्ठ, नेकपा एमालेका शेरबहादुर भण्डारी, नयाँ शक्तिका बासुदेव थापा, च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन ईन्जिनियर सचिन्द्रकुमार देव लगायतले मन्तब्य राख्नुभएको थियो । भवन निर्माण समितिका अध्यक्ष पुस्तकराज नेउपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिवशंकर तिवारीले संचालन गनुभएको थियो ।
यस्तै, धमिलिकुवाको गरमबेंसीमा आयोजित कार्यक्रममा राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापा लगायतले नयाँ घर निर्माण भएका १५ घरपरिवारलाई चावी हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थापाले भूकम्पपीडितको घर निर्माणकार्य ढिलाई भइरहेकोले तत्काल सम्झौता गरेर घर निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले लभाग्राही सूचिमा नपरेकालाई गुनासो फारम भर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन ईन्जिनियर सचिन्द्रकुमार देव, नेपाल होपका कार्यकारी निर्देशक रमेश अधिकारी, च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा, नेकपा माओवादी केन्द्रका खगराज नखौला, राप्रपा अध्यक्ष ईन्द्रबहादुर मल्ल, वडा नं। ७ का अध्यक्ष माधवप्रसाद पराजुली लगायतले मन्तब्य राख्नुभएको थियो । घर पुनस्निर्माण समितिका अध्यक्ष लक्ष्मण चिलुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोहनलाल श्रेष्ठले गर्नुभएको थियो ।
च्वाइस नेपालले धमिलिकुवामा करीब १ सय घर निर्माण गर्ने र १ घर घर निर्माणको लागि प्राविधिक सहयोग दिन सक्ने योजना अघि सारेको छ । शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले भूकम्पपीडितलाई शौचालयसहितको बायोग्याँस निर्माण, गोठ ९भकरो सुधार, तरकारीका लागि टनेल निर्माण, खानेपानीको लागि ड्रम, ब्यवसायिक तरकारी खेति लगायतमा सहयोग गर्दै आएको च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपानेले बताउनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल