समाचार
पुल भाँचिदा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, एक बेपत्ता (अपडेट)

१२ साउन, बेसीशहर । पोखराबाट लमजुङको रामबजार आउँदै गरेको यात्रुबहाक बस रुदीखोला माथिको पुल भाँचिदा दुर्घटना भएको छ । लमजुङ र कास्कीको सिमानामा रहेको रुदी र मादी खोला दोभानमा बनाइएको पुल तर्ने क्रममा ना ५ ख ६३९५ नम्मबरको यात्रुबहाक बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेर २ जना यात्रुको मृत्यु भएको छ, भने एक जना खोलामा बगेका छन् । झण्डै ३५ जना यात्रु बोकेको उत्त बस दुर्घटना हुँदा कम्तिमा ७ जना घाईते भएका छन् । घाईतेहरुलाई रामबजार स्थित स्वास्थ्यचौकीमा सामान्य उपचार पश्चात पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
दिउँसो १ बजेको समयमा घटनाबारे जानकारी आउनेबित्तिकै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागी खटिएको लमजुङका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाका मृतक, बेपत्ता र घाईतेको परिचय खुल्न बाँकी छ ।
लमजुङको मध्यनेपाल नरगपालिका ८ रुदीदोभानमा झण्डै ३ बर्षअघि मात्र मोटरेवल पुल बनाईएको थियो ।