• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

पर्यटन प्रवद्र्धनका लागि यारतुङ पर्व


 
१३ साउन, मनाङ । हिमालपारीको जिल्ला मनाङमा आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनका लागी यारतुङ अर्थात घोडा कुदाउने पर्व शुरु भएको छ । मनाङमा बर्खायाममा बाली लगाइ सकेपछि बर्षेनी घोडा दौडाएर खुसियाली मनाउने चलन रहेको मनाङका पर्यटन बिकास समितीका अध्यक्ष बिनोद गुरुङले बताए । उनले भने, ‘मनाङबासीका लागी यो ऐतिहासिक पर्व हो, पर्यटकीय हिसाबले पनि यो पर्व महत्वपूर्ण छ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यारतुङले ठूलो टेवा पुग्छ ।’
यो पर्व टंंकी मनाङ, मनाङ, खाङसार, भ्राका, ङावल, पिसाङका स्थानीयले मनाउने गर्दछन् । यसबर्षको यारतुङ पर्व नेस्याङ गाउँपालिकाको मनाङ र टंकी मनाङबाट शुरु भएको छ । 
यो पर्व कम्तीमा ५ दिनसम्म निरन्तर चल्ने गर्दछ । यस पर्वमा मनाङवासी आफ्नो परम्परागत भेषभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यसरी पर्व मनाउँदा यहाँका स्थानियमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने धार्मिक किंवदन्ती रहेको छ ।
पर्वमा गाउँका युवा तथा बृद्धाबृद्ध सबैले घोडा कुदाउछन् । प्रतियोगिताको रुपमा हुने पर्वमा अन्तिम दिन विजयीलाई पुरस्कृत गरिने छ । पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ग्रान्ड यारतुङ मनाइएको मनाङबासीको भनाई छ । पर्वमा स्थानीय संस्कृति सँगै राष्ट्रिय तथा स्थानीय कलाकारले भव्य सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।
बर्षौंदेखि मनाउँदै आएको यो पर्वलाई मनाङका स्थानियले निरन्तरता दिइरहेका छन् । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल