• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

सवारीसाधन नहुँदा स्थानीय तहमा समस्या


 
१५ साउन, बेसीशहर । जिल्लाका अधिकांश स्थानीय तहमा सवारीसाधन नहुँदा दैनिक कामकाजमै समस्या उत्पन्न भएको छ । स्थानीय तहका प्रमुख तथा सरकारी अधिकारीले स्थानीयवासीको काममा सवारीसाधनको उपयोग गर्न नपाउँदा समस्या परेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पनि स्थानीय तहका जनप्रतिनिधिले सवारीसाधन अभावकै विषयमा गुनासो पठाउन थालेका छन् । तत्कालीन अवस्थाका नगरपालिकाहरूमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन भए पनि अधिकांश स्थानीय तहमा सवारी साधन छैन ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा के कस्ता सवारी साधन छन् भन्ने जानकारी लिने र व्यवस्थापन गर्नको लागि आवश्यक गृहकार्य गर्दैछ ।  मन्त्रालयले एक उच्चस्तरीय समिति बनाएर स्थानीय तहमा सवारीसाधन व्यवस्थापन गर्ने नीति लिएको छ ।
मन्त्रालयले संभवतः यही हप्ता बनाउने उक्त समितिले स्थानीय तहमा आवश्यक पर्ने सवारी साधनबारे अध्ययन गर्ने र हस्तान्तरण गर्ने बताइएको छ । स्थानीय तहमा सवारीसाधन व्यवस्थापन गर्ने सोचाइका साथ कार्य गरिरहेको मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका उपसचिव इन्द्र गौतमले बताउनुभयो । 
कुन–कुन स्थानीय तहमा कति सवारीसाधन चाहिने भन्ने अध्ययन गरेपछि विभिन्न मन्त्रालय, आयोजना÷परियोजना÷कार्यक्रमबाट तथा जिल्लास्तरीय कार्यालयहरू सवारीसाधन हस्तान्तरण गरिनेछ ।
स्थानीय विकास मन्त्रालयले सवारीसाधन खरिद गर्ने वा सो सम्बन्धित बजेट स्थानीय तहमा पठाउने भन्नेबारे पनि निर्णय गर्ने गौतमले बताउनुभयो । सडक पहुँच पुगेका तत्कालीन गाविसहरूमा एक÷एक मोटरसाइकल खरिद गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । स्थानीय तहमा रूपान्तरण भएपनि पनि गत आवको फागुन दोस्रो हप्ता ती तहलाई सरकारले दिएको बजेटबाट पनि केहीले मोटरसाइकल खरिद गरेका थिए ।
तत्कालीन अवस्थामा अर्थ मन्त्रालयले भौतिक सम्पत्ति खरिद नगर्न भने पनि केही स्थानीय तहले भने मोटरसाइकल किन्ने र कतिपयले महँगो भाँडा तिरेर सवारीसाधन उपयोग पनि गरेका थिए । 
सडक पहुँच पुगेका स्थानीय तहमा समेत सवारीसाधन छैन । उता, विभिन्न १३ वटा विषयगत मन्त्रालयका काम, बजेटसमेत स्थानीय तहमा हस्तान्तरण भएकोले ती मातहतका सवारीसाधन र जिल्लास्थित कार्यालयका सवारीसाधन पनि स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेछ ।
लमजुङका अधिकांश स्थानीय तहमा बर्षातको समयमा यातायात चल्दैनन् । नगरपालिका रहेका ४ तहका जनप्रतिनिधीले भने, नगरपालिकाको सवारी प्रयोग गर्दै आएका छन्, भने ४ गाउँपालिकाका प्रतिनिधीलाई सवारी समस्या बढ्दो छ । ग्रामीण क्षेत्रका दुधपोखरी गाउँपलिका, दोर्दी गाउँपालिका, कोलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिका अधिकांश स्थानमा बर्खामा सवारी नचल्दा झनै समस्या बढ्ेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल