• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

विद्युतको समस्या तल्काल सल्टाउन उपभोत्ताको माग, २० एमभीएको ट्रान्सफर्मर नराख्दा समस्या


 
१६ साउन, बेसीशहर । जिल्लामा बढ्दो लोडसेडिङको समस्यालाई लिएर उपभोत्ताहरुले तत्काल विद्युतको समस्या सल्टाउन माग गरेका छन् । विद्युत् उत्पादन हुने जिल्लाका रुपमा परिचित लमजुङमा पछिल्लो एक महिनादेखि अघोषित रुपमा भइरहेको विद्युत् कटौतीले उपभोक्ताहरु मारमा परेका हुन्् । 
जिल्ला सदरमुकाम बेसीशहरमा हिजो आयोजीत ‘लमजुङको विद्युत वितरण र समस्या’ विषयक नागरिक सरोकार कार्यक्रममा सहभागी अधिकांश उपभोत्ताले नियमित रुपमा विद्युत् सेवा उपभोग गर्न नपाउँदा सास्ती खेप्नुपरेको गुनासो पोखेका थिए । 
बिहान, बेलुका र दिउँसो पटकपटक हुने विद्युत् कटौतीले लमजुङका उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा प्रत्यक्ष असर पुगेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो ।
विद्युत अनियमितका कारण जिल्लाका सञ्चारमाध्यममा समेत प्रत्यक्ष मार परेको छ । लमजुङ विद्युत उपभोत्ता संस्थाको खातामा करोडौँ रकम सञ्चय रहेपनि उपभोत्ताको हकहितमा कुनै कार्यक्रम हुन नसेको उद्योग वाणिज्य संघ बेसीशहर इकाइका अध्यक्ष प्रदिप बस्नेतले बताउनुभयो । पटक–पटक विद्युत आउने जाने समस्याले आगालागी, उद्योगका मेसिनहरुमा खराबी लगाएतका समस्या समेत बढेको समेत बताउनुभएको थियो ।    
सहभागीको जिज्ञासा मेटाउँदै नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत उत्पादन र खपतको सन्तुलन नमिल्दा यस्तो समस्या आएको बताउनुभयो । मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रमा २० एमभीए क्षमताको ट्रान्सफर्मर राख्न नसक्दा समस्या बढेको उहाँको भनाई छ । हाल मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाबाट १२ एमभीए क्षमताको ट्रान्सफर्मर सञ्चालनमा छ । 
यसअघि केन्द्रमा राखिएको १३२ केभीए ५ एमभीए क्षमताको ट्रान्सफर्मर जलेपछि लमजुङमा विद्युत् आपूर्ति तनहँुको दमौलीबाट गर्नुपर्दा लामो दूरीका कारण विद्युत् घाटा बढेको प्रमुख न्यौपानेले बताउनुभयो । तनहुँको डुम्रेदेखि लमजुङसम्मको दूरी ४५ किलोमिटर रहेकाले लामो दूरी भएका कारण झन्डै २५ देखि ३५ प्रतिशतसम्म विद्युत् घाटा बढेको उहाँले जानकारी दिनुभयो ।   
जिल्लामा आवश्यक २० एमभीए क्षमताको ट्रान्सफर्मर नभएपछि लमजुङ विद्युत् उपभोक्ता संस्थाले हाल तनहुँ वितरण केन्द्र दमौलीबाट विद्युत् आपूर्ति गराइरहेको संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले बताउनुभयो  । ‘शुरुमा ५ एमभीए क्षमताको ट्रान्सफर्मरले काम चलाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘पटक –पटकको समस्या पछिको पहलबाट १२ एमभीएको ट्रान्सफर्मर ल्याइएयो, अहिले विद्युतको सन्तुलन नमिल्दा झन समस्या छ, तत्काल २ं० एमभीए क्षमताको ट्रान्सफर्मर अति आवश्यक रहेतापनि १२ एमभीएले नै काम चलाइराख्नुपर्ने बाध्यता छ ।’
जलस्रोतको प्रचुर संभावना बोकेको लमजुङमा विद्युत उत्पादनका लागि विभिन्न आयोजना तिब्र गतिमा अघि बढिरहेका छन् । ७० मेगावाट क्षमताको नेपालकै दोस्रो ठूलो मध्यमस्र्याङदी जलविद्युत परियोजना लगायतका ठुला र लघु जलबिद्युत आयोजना जिल्लामा थुप्रै छन् । यहाँ ७ आयोजना निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेका छन् । अधिकांश आयोजना निर्माणाधीन छन् । यहाँ निर्माण भएका र निर्माणाधीन आयोजना सबै पानीको बहावमा आधारित (रन अफ रिभर) प्रणालीका हुन् ।  
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल