• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

गुरुङ समुदायबाट बाणिज्य बैंकको पहिलो सिइओ भए लमजुङे गोविन्द


 
साउन १६, काठमान्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा लमजुङ भुलभुलेका गोविन्द गुरुङले कार्यभार सम्हाल्नुभएको छ । उहाँ गुरुङ समुदायबाट बाणिज्य बैंकको सिइओ बन्ने सम्भवतः पहिलो बैंकर हो ।
सिभिल बैंकले तीन महिना अघि नै साउन १३ गतेदेखि लागु हुने गरेर गुरुङलाई नियुक्ति दिएको थियो । पाँच बर्षअघिदेखि सिभिल बैंकमा सेवा सुरु गरेका गुरुङ २१ बर्षदेखि बैंकिङ क्षेत्रमा छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन दुई कार्यकाल पूरा गरी साउन १२ गतेबाट रिटायर्ड भएका छन् ।