• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा घरजग्गा कारोबार बढ्यो, झण्डै ५ करोड राजश्व


 
 
बसन्त भट्ट
१८ साउन, लमजुङ । पहाडी जिल्ला लमजुङमा घरजग्गा कारोबार बढेसँगै राजश्वमा समेत बृद्धि भएको छ । ग्रामीण क्षेत्रका नागरिकहरु शहर झर्ने क्रम बढेकाले पनि घरजग्गा कारोबार फस्टाएको जिल्ला मालपोत कार्यालय लमजुङले जनाएको छ । 
मालपोत कार्यालय लमजुङ अनुसार घरजग्गा कारोबारबाट एक वर्षको अवधिमा रु. ५ करोड ५२ लाख ६२ हजार ७ सय राजस्व संकलन भएको छ । सो अवधिमा मालपोतबाट ५ हजार ४ सय २३ जनाले जरजग्गा कारोबार गरेका छन् । 
कार्यालयका अनुसार आव २०७३÷०७४ मा रजिस्टेशनद्धारा ४ करोड ७८ लाख ३६ हजार ३ सय २८ रुपैया राजस्व संकलन भएको छ । शहरी क्षेत्रका घरजग्गा कारोवारको रजिस्टेशनबाट ४ करोड ३५ लाख ९८ हजार ४ सय ६३ र ग्रामिण क्षेत्र अन्र्तगत घरजग्गा रजिस्टेशनबाट ४२ लाख ३७ हजार ८ सय ६५ रुपैया राजश्व संकलन भएको हो ।  
घरजग्गा रजिष्ट्रेशन शुल्क बाहेक धितो वन्दकबाट ६५ लाख ७३ हजार ८ सय १६, नामसारी सेवा शुल्कमार्फत ५ लाख २२ हजार २६, फारम र रातो पुर्जा विक्रिबाट १ लाख ५३ हजार ९ सय रुपैया राजश्व संकलन भएको छ । 
घर कायम, न्यायिक दस्तुर, दण्ड, जरिवाना लगायतका शिर्षकमा राजश्व संकलन भएको मालपोत अधिकृत गंगाबहादुर घलले जानकारी दिए । उनका अनुसार आव ०७३÷०७४ मा जिल्लामा १ हजार ५ सय २१ जना महिलाको नाममा घरजग्गा कारोबार भएको छ ।  कारोवार गर्नेमा शहरी क्षेत्रका १ हजार १ सय ८७ जना र ग्रामीण क्षेत्रका ३ सय ३४ जना महिला रहेका छन् । मालपोत कार्यलयमा पुरुषको नाममा भएको घरजग्गा महिला र पुरुष दुबैको नाममा समेत कारोबार गर्ने ब्यवस्था समेत छ ।
  मालपोत प्रमुख हरिहर दाहालका अनुसार सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दा, चिया खेतीलगायतका  शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिष्टे«शन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । सोही कारण महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्यामा भने बृद्धि भएको उनले बताए । 
महिलाले नाममा स्वामित्व हुने गरि जग्गा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था छ भने एकल महिलाको हकमा भने ३५ प्रतिशत सम्म छुटको व्यवस्था छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल