• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

नमुना होमस्टे काउलेपानीमा ५ बर्षमा पुगे ६० हजार पर्यटक


 
 
निरज अधिकारी
१९ साउन, लमजुङ । नेपालकै नमुना होमस्टेको रुपमा परिचित लमजुङको काउँलेपानीमा ५ वर्षको अवधिमा ६० हजार भन्दा वढी पर्यटक पुगेका छन् । काउलेपानी पर्यटन विकास समितिका अनुसार बाह्य र आन्तरिक पर्यटक गरी सो संख्याका पर्यटक काउलेपानी पुगेका हुन् । 
सन् २०११ मा शुरु भएको काउलेपानी होम स्टेमा ९८ प्रतिशत आन्तरिक पर्यटक पुगेका छन, भने २ प्रतिशत मात्र विदेशी पर्यटक पुगेको काउलेपानी पर्यटन विकास समितिले जनाएको छ । 
समितिका अनुसार सन् २०११ मा ३ हजार ४ सय ८३, सन् २०१२ मा ७ हजार ९ सय ९९, सन् २०१३ मा १० हजार १ सय १५ जना पर्यटक आएका थिए ।
      यस्तै गरि सन् २०१४ मा १० हजा ३ सय १५ जना, सन् २०१५ मा १३ हजार ३ सय ६९ जना पर्यटक आएका थिए । त्यस्तै सन् २०१६ मा  १६ हजार ३ सय ११ जना पर्यटक आएका थिए । 
विगतका तुलनामा पर्यटक आगमनमा उल्लेखीय वृद्धि भइरहेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देव वहादुर गुरुङले बताए । उनले भने, ‘काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन्,’ विशेष गरि स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनले जानकारी दिए । 
 ऐतिहासिक स्थल गाउँशहर काउलेपानीको होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा पश्चात काउलेपानीमा स्वदशी तथा विदेशका पर्यटकको आगममा वृद्धि भएको हो । 
२५ घरधुरी रहेको काउलेपानीमा  १४ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८२ वेड रहेको छ । समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगाएत १४ ओटा हिमश्रृङ्खला देख्न सकिन्छ । 
शाहबंशिय राज्यको उदय भएको ऐतिहाँसिक लमजुङ दरबार, काउलेपानी देबीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ । काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिईएको छ । 
लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागी प्याकेजको व्यवस्था गरिएको छ । पर्यटकको संख्या दश जना भन्दा बढी भए सामुदायिक र कम भए पारिवारिक प्याकेजको व्यवस्था मिलाएको काउलेपानी पर्यटन विकास समितिका सचिव जगत गुरुङले जानकारी दिए ।
 
 क्याप्सन : गाउँमा आएका आन्तरिक पर्यटकलाई बिदाई गर्दै आमा समूह ।
तस्बिर : निरज अधिकारी 
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल