• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

धमाधम उठ्न थाले भूकम्पले ढलेका घर


 
२३ साउन, लमजुङ । भूकम्प गएको झण्डै साढे दुई बर्षपछि यहाँका भूकम्पपिडितहरु भत्किएका घर ठडाउन तर्फ लागीपरेका छन् । पुर्ननिर्माण प्राधिकरण मार्फत जिल्ला समन्वय समितिले लाभग्राही सम्झौता गरेपछि पीडितहरु धमाधम घर बनाउन तर्फ केन्द्रित भएका हुन् । 
जिल्लाभर एक हजार भन्दा बढी घर निर्माण अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका फोकल पर्सन शिव रेग्मीले बताए । उनका अनुसार कुल १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही रहेकोमा ९ हजार ५ सय ७३ घरधुरीले अनुदान सम्झौता गरेका छन । यी मध्ये ४ हजार ४ सय ९० घरधुरीले ५० हजार रुपियाँका दरले पहिलो किस्ता बुझिसकेका र ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेको उनले जानकारी दिए ।
भूकम्प पीडिति आफैंले ६ सय भन्दा बढी घर निर्माण गरिसकेका छन् । गैरसरकारी निकायको सहयोगमा भने, ४ सय घर निर्माण हुँदैछ । जिल्ला समन्वय समितिका अनुसार विचौर, दुधपोखरी र कोल्कीमा कोपाडेसको सहयोगमा २ सय घर निर्माण हुँदैछ । च्वाईस नेपालको सहयोगमा दुराडाँडा, चन्दे्रश्वर र धमिलिकुवामा ७३ घर निर्माण गरीदै छ । जसमा ५३ घरको निर्माण सम्पन्न भईसकेको छ ।
यस्तै व्रिटिस वेयलफेरको सहयोगमा इलमपोखरीको सानोकाभ्रेमा ८२ र कोल्कीमा ४५ घर निर्माण भएको छ । केही घर सम्पन्न भएर हस्तान्तरण भएको र केही हस्तान्तरणको तयारीमा रहेको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए । उनका अनुसार लाभग्राही सूचिमा परेकाहरुको धमाधम सम्झौता भैरहेको र अब बर्खापछि घर निर्माणले तिव्रता पाउने छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल