• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मिसेस लमजुङको उपाधी शोभालाई, मिस लमजुङ बनिन् शर्मिला


 
मिसेस लमजुङको उपाधी शोभा ठकुरीले हात पार्न सफल भएकी छन् भने शर्मिला परियार मिस लमजुङ बन्न सफल भएकी छन् । बेसीशहरमा शनिबार भएको फाइनल उपाधी प्रतियोगीतामा दस जनाको समूहलाई पछि पार्दै ठकुरी र विकले विकले उपाधी चुम्न सफल भएका छन् ।
उनीहरुलाई ताज पहिरिएर उपाधीको ट्रफी, मायाँको चिनो र प्रमाणपत्रले सम्मान गरिएको थियो । 
मिसेस लमजुङ तर्फको फस्ट रनरअपको उपाधी बेसीशहरकी रोशना श्रेष्ठ र सेकेण्डा रनरअपको उपाधी बेसीशहरकै ववी श्रेष्ठले हात पारेका छन् । उनीहरुलाई ताज पहिरिएर रनरअप उपाधीको ट्रफी, मायाँको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ । 
यस्तै मिस लमजुङ तर्फको फस्ट रनरअपको उपाधी बेसीशहरकी सविना राना मगर र सेकेण्डा रनरअपको उपाधी बेसीशहरकै रेश्मा घिमिरेले हात पारेकी छन् । उनीहरुलाई ताज पहिरिएर रनरअप उपाधीको ट्रफी, मायाँको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेताहरुलाई निर्णायकको रुपमा रहेका नायक शरोज खनाल, नायिका आसिम्मा नकर्मी, कला सुब्बा लगाएतको टोलिले उपाधी प्रदान गर्नुभएको थियो । झण्डै ३ हप्ता लामो तालिमपश्चात फाइनल प्रतियोगीता आयोजना गरिएको हो । अमेजन इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा सञ्चालित यस प्रतियोगीताको फाइनल चरणमा दुवै तर्फका दस–दस जना प्रतियोगीले सहभागीता थिए । 
सहभागी मध्यहरुलाई पनि विभिन्न चरणको मुल्याङ्कनपछि सव टाइटल उपाधी प्रदान गरिएको छ । जस्मा मिस लमजुङतर्फ बेस्ट टयालेन्टमा सर्मिला विक, वेस्ट ह्ेयरमा मनिसा श्रेष्ठ, वेस्ट स्किनमा चाँदनी लामा, वेस्ट प्रश्नालिटिमा रेश्मा घिमिरे, वेस्ट क्याटवाकमा वविता गुरुङले उपाधी जितेका छन् । 
यस्तै वेस्ट कन्फिडेन्टमा विपना अधिकारी, डिसिप्लीनमा रोजीना श्रेष्ठ, वेस्ट एक्टिभमा पोनम तामाङ्ग, वेस्ट पपुलरमा अर्पना भुजेल, वेस्ट फोटोजेनीक सविना राना मगर, वेस्ट पपुलरमा वविता गुरुङ र वेस्ट ड्रेसमा रोनिजा श्रेष्ठले उपाधी जितेका छन् । 
यस्तै मिसेस लमजुङतर्फ समेत विभिन्न चरणको मुल्याङ्कनपछि सव टाइटल उपाधी प्रदान गरिएको छ । जस्मा मिस लमजुङतर्फ बेस्ट टयालेन्टमा शोभा ठकुरी, वेस्ट स्किनमा शर्मिला श्रेष्ठ, वेस्ट प्रश्नालिटिमा गायत्री सुनार, वेस्ट क्याटवाकमा रुप मायाँ तामाङ्ग क्षत्रीले उपाधी जितेका छन् । 
यस्तै वेस्ट स्माइल विश्वा श्रेष्ठ, वेस्ट डिस्पिलिन तुल्सी अधिकारी, मेस्ट एक्टिभ रिता घले, मोस्ट पपुलर शोभा ठकुरी र वेस्ट ड्रेसपमा गायन्त्री सुनारले उपाधी जितेका छन् । मिस र मिसेस लमजुङको उपाधी विजेतालाई काठमान्डौमा हुने नेश्नल ट्रेनिङ्गमा निशुल्क सहभागीता गराइने अमेजन इन्टरटेनमेन्ट प्रा.लीका हिमानी सुब्बाले बताउनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल