• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम


 
२४ साउन, लमजुङ । यहाँका दस विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो ।
फिनलिट नामक संस्थाले नविल बैंकको सहकार्यमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैकको उपयोगिता, बचतबाट हुने फाइदा र निक्षेपका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरी खुत्रुके वितरण गरिएको संस्थाका निर्देशक प्रकाश कोइरालाले बताए । उनका अनुसार खुत्रुकेमा जम्मा भएको रकमलाई प्रत्येक महिना नविल बैंकमा जम्मा गर्ने सम्झौता भएको छ । यो कार्यक्रमबाट विद्यार्थीमात्र नभई अभिभावकलाई पनि वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको निर्देशक कोइरालाले जानकारी दिए । 
संस्थाले जिल्लाको ५ निजी र ५ सामुदायीक विद्यालय छनोट गरी यस कार्यक्रम सञ्चालन गरेको हो । विद्यालयमा विद्यार्थी संख्यालाई मध्यनजर गरी निजितर्फ बेसीशहर नपा भित्रका भूपू सैनिक आवसिय मावि, विद्या विकास मावि, बुद्ध मेमोरियल बोडिङ् स्कुल र मनकामना आवसिय माविमा यस कार्यक्रम सञ्चालन गरिएको छ । 
सामुदायिक विद्यालय तर्फ बेसीशहर नपा भित्र कै जनविकास माविमा कार्यक्रम सञ्चालन गरिएको र अन्य विद्यालय छनोटकै प्रक्रियामा रहेकाले छिटै कार्यक्रम सञ्चालन गर्ने निर्देशक कोईलालेले बताए । उनका अनुसार यस कार्यक्रम ४५ जिल्लामा लागु भएको छ । जसबाट ४५ हजार विद्यार्थी लाभान्वित छन् ।