• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

दुराडाँडामा एकिकृत कृषिबस्ति बसाइदै, इरायली राजदूत मायरले गरे अवलोकन


 
निरज अधिकारी
२४ साउन, लमजुङ । इजरायलमा आधुनिक कृषिको प्रशिक्षण तथा काम गरि फर्केका युवाहरुले लमजुङको दुरडाँडामा एकिकृत आधुनिक कृषिबस्ति बसाउन सुरु गरेका छन् । आधुनिक कृषिसँगै पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्नेगरि आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीले उक्त परियोजना अघि बढाएको हो । 
परियोजना अन्तर्गत शुरुवातमा २ सय १८ रोपनी जग्गामा तरकारी खेतीका लागि आधुनीक ग्रीनहाउस (हरितगृह) र कुखुरा पालनको लागि खोर निर्माण गरिएको छ । यस्तै टनेलमै १० हजार डालेघाँसको बेर्ना तयार गरिदै छन् । 
कूल १७ करोड लागनी खर्च हुने उत्त परियोजनामा शुरुवातमा ५ करोड रुपैँया खर्च भैसकेको संस्थाका अध्यक्ष अध्यक्ष विनोद घिमिरेले बताए । उनका अनुसार यो संस्थामा युवाहरुले २ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन् । 
सुरुमा ७४ जना युवा मिलेर संचालनमा ल्याइएको सो कृषि वस्तीमा हाल ९४ जना युवा छन् । विभिन्न २४ जिल्लाका उनीहरुमा ५३ जना इजरायलमा कृषि अध्ययन गरेका छन्, भने  २१ जना गैरआवासीय नेपाली हुन् । दस प्रतिशत स्थानीयको समेत लगानी छ् ।  
सो परियोजनाको मंगलबार नेपालका लागि इजरायली राजदूत यारोन मायरले अवलोकन गरेका छन् । उनले एकल कृषिभन्दा एकिकृत कृषिले विकास गर्न सहज हुने बताए । यो क्षेत्र निकै उपयुत्त भएकाले आवश्यकता अनुसार सहयोग गर्ने उनको भनाई थियो । 
संस्थाका अध्यक्ष घिमिरेका अनुसार एक बर्षमा एक लाख कुखुरा, तीन ग्रिन हाउस, एक सय गाई, दुईसय बाख्रा पालन र ५० बंगुर पालन गर्ने योजना छ । त्यसैगरी १५ रोपनीमा १० माछा पोखरी, पाँच रोपनीमा हास तथा लोकल कुखुरा पालन, ९० रोपनीमा विभिन्न जातिका फलफुल खेतीलगाएतको विकास गर्ने योजना रहेको समेत जानकारी दिए । सबै परियोजनाका लागि ६ सय रोपनी जग्गा चाहिने उनको भनाई छ ।