• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

एक बर्ष अगावै बन्यो मोङ्ग्री सिंचाई योजना, घनपोखराबासी हर्षित


 
निरज अधिकारी
२६ साउन, लमजुङ । यहाँका एक सिंचाई योजना तोकिएको मिति भन्दा अगावै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थित मोङ्ग्री सिंचाई योजना तोकिएको मिति भन्दा अगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । 
२०७३ सालको मंसिर २६ गते स्विकृत भई ०७३ माघ ११ मा ठेक्का सम्झौता भएको यस योजना आगामी २०७५ सालको साउनमा सक्ने लक्ष्य थियो । तर २०७४ को असार २५ मै योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको सिंचाई डिभिजन कार्यालय लमजुङले जनाएको छ । 
कूल १ करोड २७ लाख ८६ हजारको लागतमा निर्माण सम्पन्न यस सिंचाई योजनाबाट घनपोखराको ३२ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ । जसबाट ८१ घरधुरीका ४ सय ८८ परिवार लाभाविन्त भएका छन् । पयुँ खोलाबाट १ किलोमिटरको दुरीमा निर्माण गरीएको यस सिंचाई योजना निर्माणसँगै त्यहाँका नागरिकलाई ठूलो राहत पुगेको योजना निर्माण उपभोत्ता समितिका अध्यक्ष भक्त बहादुर गुरुङले बताए । 
सिंचाई योजना निर्माणको जिम्मा थापा निर्माण सेवा खुदीले जिम्मा लिएको थियो । सम्पन्न मिति अगावै निर्माण भएको यो योजना जिल्लाकै नमुना सिंचाई योजना रहेको सिंचाई विकास डिभिजन कार्यालय लमजुङका डिभिजन प्रमुख बंशीहरी कोईरालाले जानकारी दिए ।
सिंचाई योजना नहुँदा त्यस क्षेत्रका किसान ठूलो मर्कामा परेका थिए । यो सँगै जिल्लाका मझौला सिंचाई योजना चामे खोला घेर्मु, भोर्लेटार सिंचाई योजना, करापुटार सिंचाई योजना, रामचोक सिंचाई योजना चिति र पाङ्ग्रे सिंचाई योजना तार्कुघाटको निर्माणकार्य अघि बढेको सिंचाई डिभिजन कार्यालयले जनाएको छ । 
रम्घाटार सिंचाई योजनाको भने टेण्डर प्रक्रिया अगाडी बढेको डिभिजन प्रमुख कोईरालाले बताए । उनका अनुसार जिल्लाका अधिकांश सिंचाई योजना बजेट अभावमा अलपत्र अवस्थामा छन् ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल