• Today :
    Saturday, August 19, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका गाईभैसीलाई सुत्केरी भत्ता


 
२६ साउन, लमजुङ । पहाडी जिल्ला लमजुङमा गाईभैसीलाई पनि सुत्केरी भत्ता वितरण शुरु गरिएको छ । जिल्लाका ५० वटा गाई भैंसीले सुत्केरी भत्ता पाएका छन् । जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाई–भैंसीलाई दुई हजार पाँचसय रुपैयाँका दरले सुत्केरी भत्ता दिएको हो ।
आर्थिक वर्ष २०७३÷०७४ मा पहिलोपटक ५० वटा गाई–भैंसीले यस्तो सुविधा पाएका हुन । आफ्नो गोठमा उन्नत नश्लको बाच्छी÷पाडी उत्पादन गरि ब्याएको पहिलो बेतको गाई÷भैंसीलाई प्रोत्साहन स्वरुप सुुत्केरी भत्ता दिइएको पशु सेवा कार्यालयका प्रमुख डा.लक्ष्मण ढकालले बताए । उनका अनुसार सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको हो । उक्त रकम गाई–भैंसीलाई पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।
आवश्यक मात्रामा क्याल्सियमलगायत पौष्टिक आहारा खुवाउन नसक्दा साल र बच्चा अड्किने, गाई–भैंसी मर्ने तथा किसानको लगानी खेरजाने समस्या देखिएकोले  समाधानको निम्ती भत्ताको ब्यवस्था गरिएको प्रमुख ढकालको भनाई छ ।