• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

बाढीपीडितलाई सहयोग जुटाउँदै नेविसंघ लमजुङ


 
बेसीशहर, साउन ३० गते । बाढी पीडितहरुको सहयोगका लागि नेबिसंघ लमजुङले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको छ । नेबिसंघ लमजुङका नेता दीपक अधिकारीको संयोजनमा भएको अभियानले सोमबारनै ४८ हजार ८९ रुपैया संकलन गर्न सफल भएको छ । 
नेबिसंघले बेसीशहरको शेरादेखि शुरु गरेको अभियानमा मनाङेचौतारा हुँदै रिङ्रोड सम्म पुगेको थियो । बजारमा भएको अभियानबाट ३५ हजार ५ सय ५३ रुपैयाँ संकलन भएको थियो भने बेसीशहरका निर्माण ब्यवसायी दिनेशबाबु बिष्टबाट ५ हजार, लमजुङको भारते घर भई हाल साउदीमा बस्नुहुने बिष्णु गिरीले ७ हजार ५ सय ३६ रुपैयाँ ८५ पैसा  सहयोग गर्नुभएको थियो । 
नेबिसंघ लमजुङले संकलित रकमलाई नेबिसंघको केन्द्रीय समिति मार्फत बाढी पीडितलाई सहयोग गर्ने अभियानका अभियन्ता अधिकारीले बताउनु भयो । 
उहाँले हिजो तराईका नागरिकले पहाडमा भुकम्पजाँदा राहतका सामाग्री लिएर पहाड आएको चर्चा गर्दै अब पहाडका नागरिक पनि तराईको त्यो पीडालाई मल्हम पट्टी लगाउन तराई झर्नुपर्ने जोड दिनुभयो । उहाँले नेबिसंघ जहिले पनि आपतको घडीमा सहयोग गर्नका लागि अग्रणी भुमिकामा प्रस्तुत हुने बताउनु  भयो । 
नेबिसंघ लमजुङले सोमबार थालेको अभियानमा यो अभियानमा नेबिसंघका कमल भुजेल, हरीकुमार गुरुङ, नेबिसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पसका सभापति सन्दीप गुरुङ, सचिब सञ्जय गुरुङ, बिशाल पौडेल, शुशील खनीया, सन्तोष भुजेल, अमृत गुरुङ, प्रकाश गुरुङ, नेबिसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पस, ल्पस टु ईकाई समितिका सभापति उमेश गुरुङ, सुवास गुरुङ, रोशन गुरुङ, रुपबहादुर गुरुङ, सन्दीप बसौला, सुनिल बसौला , अञ्जु रिमाल, पुजा दनाई र चोपीला गुरुङ लगायतका बिद्यार्थीहरु सक्रिय रुपमा अभियानमा लागेका थिए ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल