• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

जिल्ला सामुदायिक अस्पतालमा मुटुरोग विशेषज्ञबाट सेवा सुरु


 
बसन्त भट्ट
१ भदौ, बेसीशहर । लमजुङ जिल्ला सामुदायिक अस्पतालले मुटुरोग सम्वन्धी विशेषद्धारा सेवा सुरु गरेको छ । अस्पतालको नियमीत सेवालाई प्रभावकारी वनाउन अस्पतालले गत साउन महिनाबाट उक्त सेवा सुरु गरेको हो । 
मुटुरोगका विरामीहरुलाई मध्यनजर गर्दै अस्पतालमा हरेक महिनाको तेस्रो शुक्रबार मुटुरोग सम्बन्धी विशेषज्ञद्धारा सेवा प्रदान गरिने अस्पतालका प्रशासक युवराज देवकोटाकाले जनाकारी दिनुभयो । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म  विरामीहरुलाई सेवा प्रदान गरिन अस्पतालले जनाएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट मुटुरोग विशेषज्ञ डाक्टर रिजुमान मानन्धरले जिल्ला सामुदायिक अस्पतालमा मुटुरोगीहरुको चेकजाँच र अवाश्यक परापर्श समेत दिने प्रशासक देवकोटाले वताउनुभयो । इको मेसिनको माध्यमबाट मुटुको अवस्था र समस्यावारे जानकारी प्राप्त गर्न सकिने सोहि अनुसार परामर्श प्रदान गरिने मुटुरोग विशेषज्ञ डा मानन्धरको भनाई छ । 
विशेषज्ञ सेवा विस्तार गर्ने उद्धेश्यका साथ मुटु रोग सम्वन्धि सेवा सुरु गरिएको आगामि दिनमा अन्य विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको प्रशासक देवकोटाले वताउनुभएको छ । हाल जिल्ला सामुदायिक अस्पतालमा स्त्रीरोग र हाडजोर्नी विशेषज्ञ सेवा सगैं जनरल सर्जन लगायत नियमीत रुपमा इमरजन्सी, ओपिड, सेवाहरु संचालन भैरहेको छ । अस्पतालले हाल ४ जना विशेषज्ञ डाक्टर र ७ जना मेडिकल अफिसरबाट सेवा दिदै आएको जनाएको छ ।  
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल