• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

फेवा विकास बैंकसँग मर्जर भई चामे मनाङमा गण्डकीको ५१ औँ शाखा विस्तार


 
भदौ १, मनाङ । हिमाल पारीको जिल्ला मनाङको चामेमा गण्डकी बिकास बैँकको शाखा बिस्तार गरिएको छ । नेपाल राष्ट्रबैँकबाट ‘ख’ बर्गको ईजाजत प्राप्त गण्डकी बिकास बैँकको ५१ औँ शाखा सञ्चालनमा ल्याइएको हो । 
शाखाको बिहिबार गण्डकी बिकास बैँकका सञ्चालक समितिका अध्यक्ष जगन बहादुर गुरुङ्गले उदघाटन गर्नुभयो । फेवा बिकास बैँक र गण्डकी बिकास बैँक मर्चर गरी गण्डकी बिकास बैँकको रुपमा सञ्चालनमा आएको चामे शाखाका शाखा प्रबन्धक बिश्व राज पौडेलले बताउनुभयो ।  
गण्डकी बिकास बैंकको विशेष साधारण सभाले यस बैंक फेवा विकास बैंकसँग मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । फेवा विकास बैंकको नवौ बार्षिक साधरण सभाले पनि यो प्रस्ताव पारित गरेको हो । बैंकहरुको सेयर स्वाप अनुपात एक वराबर एक हुने भएको छ । 
मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी रु १ अर्व ८४ करोड पुगेको छ । कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुगेको छ । कुल निक्षेप दायित्व रु १७ अर्व ६८ करोड एवं कर्जा लगानी रु १५ अर्व ४० करोड भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कुल ग्राहक संख्या २ लाख भन्दा बढी भएको छ । 
साथै यही भाद्र महिना भित्रै विर्तामोड, विराटनगर, विरगंज, गंगबु, अमुवा र पोखराको चाउथेबाट शाखा संचालन गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए । असारमसान्तसम्म बैंकले १८ अर्ब ३३ करोड निक्षेप संकलन गरेर.१६ अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ ।
समुदघाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्त, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, प्रहरी नायब उपरिक्षक चित्र बहादुर गुरुङ्ग लगाएतले मन्तव्य व्यत्त गर्नुभएकोे थियो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल