• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

चण्डीस्थानका स्थानीयद्वारा अग्नीपीडितलाई आर्थिक सहयोग


 
१ भदौ, चण्डिस्थान । बेसीशहर नगरपालिका वडा नं. ६ का स्थानीयले अग्नीपीडितहरुलाई आर्थिक सहयोग गरेका छन् । स्थानीयले आर्थिक संकलन गरी बेसीशहर नगरपालिका वडा नं. ७ का तीन जना अग्नीपीडितहरुका जीवन स्तर सहज बनाउनका लागि आर्थिक सहयोग गरेका हुन् ।
गत साउन ८ गते राती भएको आगलागीबाट बेसीशहर नगरपालिका वडा नं. ७ मा पसल सञ्चालन गरी बस्ने बिना अधिकारी, सुनचाँदी व्यवसाय सञ्चालन गरी बस्ने रामबहादुर बिक र किराना पसल सञ्चालन गरी बस्ने कृष्णकुमारी बिकको पसलमा आगलागी भएको थियो । 
स्थानीयले संकलन गरेको ४४ हजार आठ सय पाँच रुपैयाँ रकम दामासायीले अग्नीपीडितहरुले प्राप्त गरेका छन् । बेसीशहर नगरपालिका ६ का वडा अध्यक्ष भोजबहादुर रिमाल र समाजसेवी तथा बयोबृद्ध सुवेदार नरबहादुर रिमालले अग्नीपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको थियो । 
स्थानीय आमा समुह, निर्वाचित जनप्रतिनिधि, बन उपभोक्त समिति, समाजसेवी लगायतको अगुवाईमा छापस्वाँरा प्रगतिशील आमा समुहबाट ६ हजार, उपल्लो मकैडाँडाबाट २६ हजार छ सय ५५, चनौटे गाउँबाट पाँच हजार एक सय ५० बेलौती बिसौनीबाट सात हजार आर्थिक संकलन भएको थियो ।
सिर्जनशील आमा समुहका अध्यक्ष कृष्णकुमारी रिमालको अध्यक्षतामा राहत वितरण कार्यक्रम भएको थियो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल