• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

८ औँ राष्ट्रिय सूचना दिवस : सुचनाको दायरा बढाउन सुझाव


 
भदौ २, बेसीशहर । शुक्रबार आठौँ राष्ट्रिय सूचना दिवस । लमजुङमा पनि एक कार्यक्रमको आयोजना गरी सुचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यलयको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । 
प्रमुख जिल्ला अधिकारी यूवराज मैनालीको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका कार्यलय प्रमुख तथा सुचना अधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यूवराज मैनालीले सुचनाको हक मौलीक हक भएकाले हरेक नागरिक सुचनाको पहुँचमा पुग्ने अधिकार रहेको बताउनुभयो । 
सहि सुचनाले समाज रुपान्तरणमा ठूलो भूमीका निर्वाह गर्ने भन्दै उहाँले सत्य, तथ्य सुचना प्रबाहमा जोड दिन आग्रह गर्नुभयो । सूचनाको हक सवै कार्यालयले लागु गर्नुपर्ने र हरेक तिन, तिन महिनामा सार्वजनिक गर्नुपर्ने उहाँको भनाई थियो । 
प्रजिअ तिमिल्सेनाले सरकारी कार्यालयले मात्र होइन सम्पुर्ण निकायले सूचना अधिकारीको व्यवस्था गर्न अनुरोध गर्नुभएको छ । हरेक कर्मचारीले आफ्नो आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गरे सुचनाको हक स्वत कार्यान्वयन हुनेमा समेत जोड दिनुभयो । 
कार्यक्रममा सम्पूर्ण सूचना अधिकारीको प्रतिनिधित्व गर्दे जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी बाबुराम बरालले हाल सम्म मैखिक लिखित र टेलिफोन मार्फत सूचना प्रदान गरिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमका अन्य सहभागीहरुले  सूचनाको हक, सूचनाको हकको अवस्था र सूचनाको हकका विषयमा सञ्चालन भएको गतिविधिका वारेमा उल्लेख गर्दै सुचनाको हक सामाजिक जवाफदेहीता र सुसासनको वलियो आधार भएकाले यसलाई लागु गर्न सवै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । 
सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएको ८ वर्ष पुगेपनि नागरिकले अझै पनि आफुसँग सरोकार राख्ने विषयको सूचना पाउन सकिन्छ भन्ने नै थाहा पाएका छैनन् ।
संविधान अन्तर्गतका निकाय, ऐनद्धारा स्थापित निकाय, सरकारले गठन गरेको निकाय लगायत सरकारले सम्झौता गरेका सार्वजनिक चासोका विषयमा आमनागरिकले सूचना माग्न पाउने छन् । तर सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तराष्ट्रिय सम्बन्धमा खलल पुग्ने खालका सूचना भने गोप्य राख्ने अधिकार सम्बन्धित निकायसँग छ ।
यस्तै व्यक्तिको गोपनीयता, उसको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुर्रयाउने सूचना प्रवाह गर्न बाध्य नहुने ऐनमा उल्लेख छ । ऐन लागु भएपछि सरकारले राष्ट्रिय सूचना आयोग पनि गठन गरेको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल