• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका करदाता समक्ष अन्र्तक्रिया : पहिलो दिनमै २७ लाख आयकर संकलन


 
भदौ २, बेसीशहर । लमजुङ उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुका लागि शुक्रबार कर शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनालीको प्रमुख आतिथ्यता रहेको थियो ।  
सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले संघले जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई करको दायरमा ल्याउने प्रयास गरिरहेको वताउनुभयो । व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनको लागि संघले छिटै कर र लेखा सम्बन्धी तालिमहरु समेत आयोजना गर्ने वताउनुभयो । 
अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछाने र नवराज पराजुलीले सहभागीहरुलाई नेपालको कर नितिको वारेमा जानकारी दिनुभएको थियो । 
कार्यक्रममा सहभागीहरुले मिक्स म्याच, घर वहाल कर, अन्तशुल्क, कर छुट, दोहोरो स्थायी लेखा नम्वर, आदिका वारेमा भोगेका समस्याहरु राखेका थिए । त्यस्तै घर वाहल कर व्यवाहरिक नभएको गुनासो गर्दै करचुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर आदिका वारेमा जिज्ञासा राखेका थिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै कर अधिकृत विजय लामिछानेले र नवराज पराजुलीले 
प्रत्येकले व्यवसायीले  कारोवार अनुसार कर तिर्नुपर्ने र आन्तरीक राजश्व कार्यालयले पनि नियमानुसार नै कर लिने गरेको वताउनुभयो । आफ्नो कर निर्धारण गर्ने अधिकार सरकारले स्वंय व्यवसायीलाई दिएता पनि अझै सवै उद्योगी व्यवसायी करको दायरमा आउन नसकेको उहाँहरुको गुनासो थियो । कर निति अनुसार २० लाख सम्म कारोवार गर्नेले डे १, २० लाख देखि ५० लाख सम्म कारोवार गर्नेले डे २ र ५० लाख भन्दा माथि कारोवार गर्नेले डे ३ को विवरण भर्नुपर्ने  नियम छ । 
आयकर छुटको विषयमा प्रष्ट पार्दै कर अधिकृत लामिछानेले प्रत्येक वर्ष श्रावण देखी आश्वीन मसान्तसम्म आयकर प्रमाणपत्र नविकरण गरी सकेमा मात्र छुट पाइने वतानुभयो । नजानेको वाहानमा कर छल्ने तथा सरकारलाई तिर्नुपर्ने करमा छुट नपाउने हुदाँ उहाँले करचुक्ता लिएर व्यवसाय अघि वढाउन अनुरोध समेत गर्नुभएको थियो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले राज्यले हरेकालाई व्यवसाय सञ्चालन गर्ने अधिकार दिएको वताउदै कर तिर्नु व्यवसायिको कर्तव्य भएकोले यसलाई पुरा गर्नु सवै व्यवसायिको दायित्व भएको बताउनुभयो । जिल्लाको संभावनालाई मध्यनजर गर्दै कर कार्यालयको स्थापनामा व्यवसायिले पहल गर्नुपर्ने वताउदै प्रजिअ मैनालीले आफ्नो तर्फ बाट पूर्ण सहमति जनाउनुभयो । कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ, निर्वतमान अध्यक्ष राम कुमार श्रेष्ठ, संघका द्धितिय उपाध्यक्ष गुणराज सिलवाल लगायलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारीहरु, संचारकर्मी र व्यवसायीहरुको सहभागीता रहेको थियो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि जिल्लाका उद्योगी व्यवसायीहरुको सहजताका लागि लमजुङ उद्योग वाणिज्य संघको समन्वयमा आन्तिरक राजश्व कार्यालयको टोली लमजुङ आएको हो ।  शुक्रबार र शनिबार दुई दिन लमजुङका व्यवसायीहरुबाट कर संकलन गर्ने संघले जनाएको छ । आन्तरिक राजश्व कार्यालय पोखरा अन्तर्गतका १० जिल्लामा व्यत्तिगत र व्यसायीक स्थायी लेखा नंम्वर लिएर व्यवसाय गर्ने १ लाख १३ हजार छन् । लमजुङको हकमा  भने चार हजार २ सय व्यवसायी छन् । 
कर टोलीले शुक्रबार पहिलो दिनमा लमजुङमा २७ लाख आयकर संकलन गरेको छ । ११ सय २० आयविवरण बाट उत्त आयकर संकलन भएको हो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल