• Today :
    Tuesday, September 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

बन्दुक बनाउँदै गर्दा लमजुङमा २ युवा पक्राउ


निरज अधिकारी
२५ बैशाख, बेसीशहर । 
स्थानिय तहको निर्बाचनको मुखमै लमजुङ प्रहरीले दुई यूवा प्रक्राउ गरेको छ । बन्दुक बनाउने गिरोहहरु सक्रिय भइरहेको बेला रातीको समयमा बन्दुक बनाइरहेको अवस्थामा लमजुङ प्रहरीले २ युवालाई पक्राउ गरेको हो । 
बेसीशहर नगरपालिका वडा नं ९ बिम्दा भिरकटेरीका स्थानिय २ जना युवाहरुले बन्दुक बनाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्बाचन सुरक्षा योजना अन्तर्गत सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीले उनिहरुलाई रातको एकबजे बन्दुकसहित बिम्दा भिरकटेरीका २४ बर्षिय मनोज बिक र १९ बर्षिय प्रदिप बिक पक्राउ गरेको हो ।
उनिहरुको साथबाट तयारी अवस्थामा रहेको एक र बनाउँदै गरेको एक गरी २ वटा बन्दुक बरामद गरेको प्रनाउ खरेलले जानरकारी दिनुभयो । प्रहरीका अनुसार उनिहरुले ब्यवसायिक रुपमा बन्दुक बनाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।  पक्राउ परेका दुबै जनालाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा दायर गरिएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल