• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

बेसीशहरमा प्रथम प्रविणकुमार कायस्थ स्मृति यूगल ब्याडमिन्टन प्रतियोगीता शुरु, ५० टिम सहभागी


 
भदौ २, बेसीशहर । सदरमुकाम बेसीशहरमा आयोजना गरीएको खुल्ला तेस्रो तथा प्रथम प्रविणकुमार कायस्थ स्मृति यूगल ब्याडमिन्टन  प्रतियोगीता शुरु भएको छ । लमजुङ मस्र्याङदी यूवा क्लब बेसीशहरले तिज गीत उत्सव २०७४ को अबसरमा व्याडमिन्टन प्रतीयोगीता आयोजना गरेको हो ।
नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा क्लबले प्रत्येक बर्ष तिज गीत उत्सव सँगै बिभिन्न मनोरञ्जनात्मक खेलकुँद प्रतियोगीता पनि संचालन गर्दै आइरहेको छ । 
शुक्रबारबाट शुरु भएको ब्याडमिन्टन प्रतियोगीताको एक कार्यक्रमका विच बेसीशहर नगरपालीकाका नगर प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अर्यालले जिल्लामा आयोजना गरीने यस्ता खाले खेलकुँदका कार्यक्रमहरुले जिल्लाको खेल विकासमा टेवा पुग्ने बताउनुभयो । जिल्लामा खेलकुँदको क्षेत्रमा सोचेजस्तो प्रगति हाँसील गर्न नसकेपनि यसको स्तर बृद्धिका लागी सवै लाग्नुपर्ने उहाँको भनाई थियो । 
उहाँले बेसीशहर नगरपलीकाले नगरपालीका अन्तर्गतका ११ ओटै वडामा खेलकुँद विकास का लागी ब्यवस्थीत खेल मैदान निर्माण गर्ने योजना अघि सारेको समेत जानकारी गराउनुभयो । खेलकुँदका क्षेत्रमा आवश्यक योजना आफुमाझ ल्याउन आग्रह गर्दै त्यो योजना र प्रस्ताब माथी छलफल गरी सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 
प्रतियोगीताका खेल संयोजक कृष्ण कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रसका जिल्ला सभापति भेष बहादुर पौडेल,नेकपा माओबादी केन्द्रका हरिजंग तामाङ,नयाँ शक्ति पार्टी लमजुङका संयोजक राजु थापा,क्लबका सल्लाहाकार धर्मराज श्रेष्ठ,निबर्तमान अध्यक्ष सुरेश प्रधान,ब्याडमिन्टन संघ लमजुङका अध्यक्ष अमर श्रेष्ठ लगाएतले शुभकामनता मन्तब्य राख्नुभएको थियो । 
क्लबका पुर्व अध्यक्ष,यूवा व्यवसायी ,समाजसेवी , जुझारु ब्यक्तित्व र खेलप्रेमी प्रविण कुमार कायस्थको गत बर्ष क्यान्सर रोगका कारण असामयीक निधन भएकाले उहाँको संझनामा प्रथम प्रविण कुमार कायस्थ स्मृति यूगल ब्याड मिन्टन प्रतियोगीताको आयोजना गरीएको क्लबका अध्यक्ष कमल श्रेष्ठले बताउनभुयो ।  प्रतियोगीतामा यसपटक ५० टिमले सहभागीता जनाएका छन् । 
प्रतियोगीतामा प्रथम हुनेलाई नगद रु २५ हजार कप मेडल र प्रमाण पत्र,दित्तिय हुनेलाई नगद रु १५ हजार कप मेडल र प्रमाण पत्र,सान्त्वना हुने दुईजनालाई नगद रु ५÷५ हजार कप मेडल र प्रमाण पत्र प्रदान गरीने छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल