• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङबाट ३० लाख बढी आयकर संकलन


 
निरज अधिकारी-
३ भदौ, लमजुङ । आन्तरिक राजस्व कार्यालय पोखराले लमजुङका साना उद्योगी तथा व्यापारीहरुबाट ३० लाख रुपैँया भन्दा बढी आयकर संकलन गरेको छ । बार्षिक २० लाख रुपैँया भन्दा कमको कारोबार गर्ने व्यवसायीहरुको सुविधाका लागी लमजुङ उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार र शनिबार सदरमुकाम बेसीशहरमा आयकर संकलन गरिएको हो । 
११ सय ५६ आयविवरण बाट रु. ३० लाख ५ हजार ८६१ आयकर संकलन गरिएको छ, भने बहाल कर रु.६२ हजार १८० संकलन गरिएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको सहजताका लागि प्रत्येक वर्ष झै यस वर्ष पनि आयकर संकलन कार्य गरिएको लउवा संघका अध्यक्ष राजेश थापाले बताए । उनका अनुसार सो अवसरमा जिल्लाका उद्योगी व्यवसायीहरुलाई कर शिक्षा सम्बन्धी अभिमुखीकरण गराइएको छ । 
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले प्रत्येक व्यवसायीले  कारोवार अनुसार कर तिर्नुपर्ने र आन्तरीक राजश्व कार्यालयले पनि नियमानुसार नै कर लिने गरेको बताए । उनले भने, ‘आफ्नो कर निर्धारण गर्ने अधिकार सरकारले स्वंय व्यवसायीलाई दिएको छ, अझै सवै उद्योगी व्यवसायी करको दायरमा आउन नसक्नु दुखदाई पक्ष छ ।’
कर निति अनुसार २० लाख सम्म कारोवार गर्नेले डे १, २० लाख देखि ५० लाख सम्म कारोवार गर्नेले डे २ र ५० लाख भन्दा माथि कारोवार गर्नेले डे ३ को विवरण भर्नुपर्ने नियम रहेको उनले जानकारी दिए । आयकर छुटको विषयमा प्रष्ट पार्दै कर अधिकृत लामिछानेले प्रत्येक वर्ष श्रावण देखी आश्वीन मसान्तसम्म आयकर प्रमाणपत्र नविकरण गरी सकेमा मात्र छुट पाइने कुरा औल्याए । नजानेको वाहानमा कर छल्ने तथा सरकारलाई तिर्नुपर्ने करमा छुट नपाउने हुदाँ करचुक्ता लिएर व्यवसाय अघि वढाउन आग्रह गरे ।
लमजुङका व्यवसायीले मिक्स म्याच, घर वहाल कर, अन्तशुल्क, कर छुट, दोहोरो स्थायी लेखा नम्वर, आदिका वारेमा भोगेका समस्याहरु व्यक्त गरेका थिए ।
आन्तरिक राजश्व कार्यालय पोखरा अन्तर्गतका १० जिल्लामा व्यत्तिगत र व्यसायीक स्थायी लेखा नंम्वर लिएर व्यवसाय गर्ने १ लाख १३ हजार छन् । लमजुङको हकमा भने ४ हजार २ सय व्यवसायी छन् । 
लउवा संघ लमजुङका अध्यक्ष थापाले जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई करको दायरमा ल्याउने प्रयास भैरहेको बताए । । व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनको लागि संघले छिटै कर र लेखा सम्बन्धी तालिमहरु सञ्चालन गर्ने उनले जानकारी दिए ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल