• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा ९ हजार ८२ मतदाता थप


 
निरज अधिकारी
४ भदौ, बेसीशहर । फोटोसहितको मतदाता नामावली संकलनका क्रममा लमजुङ जिल्लामा ९ हजार ८२ जना नयाँ मतदाता थपिएका छन् ।
थपिएका मतदातामा ४ हजार ५६९ महिला र ४ हजार ५१३ पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी तुल्सीप्रसाद तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार जिल्ला बाहिर ठाउँ सार्ने ४९ जना छन्, भने ७ सय २२ जनाले जिल्लाभित्र ठाउँ सारेका छन् । यस्तै १ सय जनाले त्रुटी सच्चाएको निर्वाचन कार्यालयले जनाएको छ । 
गत साउन १ गतेदेखी शुरु भएको मतदाता नामावली संकलन कार्य भदौ ३ गतेसम्म जारी रहेको थियो । लमजुङ जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिका तहका कार्यालयका साथै निर्वाचन कार्यालयमा नामावली संकलन, अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्नेलगायतका काम गरिएको थियो । पहिलो पटक आफ्नो गाउँठाउँमा नै मतदाता नामावलीमा नाम दर्ता गराउन पाएकामा स्थानीयवासी खुशी देखिएका छन् । 
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङ जिल्लामा १ लाख ५ हजार ९९२ मतदाता थिए । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल