• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

यूगल ब्याडमिन्टन प्रतियोगीताको उपाधी जिप्रकाको टिमलाई


 
४ भदौ, बेसीशहर ।
बेसीशहरमा आयोजीत खुल्ला तेस्रो तथा प्रथम प्रविणकुमार कायस्थ स्मृति यूगल ब्याडमिन्टन  प्रतियोगीताको उपाधी जिल्ला प्रहरी कार्यालय लमजुङको टिमले हात पार्न सफल भएको छ । आइतबार भएको फाइनल खेलमा चितवनका राजु गुप्ता र केवल श्रेष्ठको टिमलाई हराई प्रहरी कार्यालयका हिरा राई र ग्याल्जेन शेर्पाको टिम पहिलो भएको हो । पहिलो भएसँगै जिप्रका को टिमले नगद रु २५ हजारका साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको चितवनको टिमले नगद रुं १५ हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
यसैविच सेमिफाईनलका उपविजेता कास्कीका २ टिमलाई नगद रु ५÷५ हजार कप मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । जस्मा कास्कीका पुरुषोतम श्रेष्ठ र रेशम आलेमगरको टिम र लक्ष्मण श्रेष्ठ र शुरेश पौडेलको टिम रहेका छन् । 
लमजुङ मस्र्याङदी यूवा क्लब बेसीशहरले तिज गीत उत्सव २०७४ को अबसरमा व्याडमिन्टन प्रतीयोगीता आयोजना गरेको हो ।
नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा क्लबले प्रत्येक बर्ष तिज गीत उत्सव सँगै बिभिन्न मनोरञ्जनात्मक खेलकुँद प्रतियोगीता पनि संचालन गर्दै आइरहेको खेल संयोजक कृष्ण कुमार प्रधानले बताउनुभयो । 
प्रतियोगीतामा यसपटक ५० टिमले सहभागीता जनाएका थिए । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल