• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

स्थानीय तहमा सञ्चालित शिविरमा लिए एक हजार बढीले नागरिकता


 
४ भदौ, बेसीशहर । जिल्ला प्रशासन कार्यालय लमजुङ्गले नागरिकता वितरणका लागि जिल्लाका विभिन्न स्थानिय तहमा सञ्चालन गरेको शिविरमा एक हजार भन्दा वढिले नागरिकता लिएका छन् । प्रशासन कार्यालयका अनुसार गत साउन १९ गतेदेखि ३२ गते सम्म बेसीशहर वाहेकका सात स्थानिय तहमा एक हजार १ सय ९७ जनाले नागरिकता लिएका छन् । बेसीशहर नागरपालिकाको हकममा भने जिल्ला प्रशासन कार्यालय मार्फत नै नागरिकता वितरण गरिएको कार्यालयका महेश मण्डले जानकारी दिनुभयो । 
स्थानिय तहमा सञ्चालित गाउँगाउँमा खटिएका नागरिकता टोलीमामार्फत सवैभन्दा धेरै मध्यनेपाल नगरपालिकामा ४ सय ९१ जनाले नागरिकता लिएका छन् । त्यस्तै टोलीमार्फत राइनास नगरपालिकामा १८७, सुन्दरवजारमा १२६, दोर्दी गाउँपालिकामा १३०, दुधपोखरीमा ११२, मस्र्याङ्गदीमा १११ र क्होलास्वँथर गाउँपालिकामा ४० जनाले नागरिकता लिएका छन् । 
निवार्चन कार्यालयले स्थानिय तहमा सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई मध्यनजर गर्दै नागरिकता टोली खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल