• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

त्रिभुवन क्याम्पसमा निर्माणसम्पन्न सभाहलको उदघाटन, एकता तमु आमा समूहको भवन शिल्यान्यास


 
निरज अधिकारी -
४ भदौ, रुपाकोट । भानु नपा ११ रुपाकोटको त्रिभुवन क्याम्पसमा निर्माणसम्पन्न सभाहलको उदघाटन गरिएको छ । सांसद विकास कोषको १० लाख सहयोगमा निर्माणसम्पन्न सभाहलको पूर्व वनमन्त्री तथा सांसद शंकर भण्डारीले आइतबार उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले यस ठाउँको शैक्षिक केन्द्रको रुपमा रहेको त्रिभुवन क्याम्पसमा थप शैक्षिक विकासमा पहल गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो । 
उच्च शिक्षाको अवसरबाट यहाँका विद्यार्थीहरुलाई बन्चित नगराउन मास्टर्स सम्मका कोर्ष क्याम्पसमै सञ्चालनमा पहल गर्ने उहाँको दावी थियो । 
कालीमाटी कुन्छा सडक कालोपत्रे छिटै पूरा हुने बताउँदै उहाँले सडक मर्मत सँगै थप विकासका ढोकाहरु खुल्ने बताउनुभयो । स्थानीय स्तरमा रहेका समस्यालाई सम्बोधन गर्न आफु तयार रहेको कुरा स्पष्ट पार्नुभयो । 
उदघाटन कार्यक्रममा भानु नगरपालिका प्रमुख उदयराज गौली, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, डुम्रे भन्सार नगर विकास समितिका अध्यक्ष एवं यूवा नेता आनन्दराज त्रिपाठी लगाएतले मन्तव्य व्यत्त गर्दै शैक्षिक गुणस्तरका क्षेत्रमा मिलेर अघि बढ्ने उदघोष गरेका थिए । 
यसैविच आइतबारै रुपाकोट स्थित टुहुरेपसलमा रहेको एकता तमु आमा समूहको भवनको शिल्यान्यास गरिएको छ । वडा कार्यालयबाट प्राप्त १ लाख बजेटमा उत्त भवन निर्माण गर्न लागीएको हो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल